मेयरकप टेबल टेनिसको उपाधी आर्मीका कृष्ण र दिक्षालाइ

प्रकाशित मिति:

बुटवल-बुटवलमा सम्पन्न दोस्रो राष्ट्रिय खुल्ला मेयरकप टेबलटेनिस प्रतीयोगीताको उपाधीआर्मीका कृष्ण थापामगर र दिक्षातामाङले हातपारेका छन । सोमबार सम्पन्नफाइनल खेलमा पुरुषतर्फ आर्मीका कृष्ण थापाले सुनसरीका महादेब चौधरीलाइ ४ –२ को सेटमा पराजीतगर्न सफल रहे ।

बिजेता थापाले नगद ४० हजार प्राप्त गरे भने उपबिजेताचौधरीले २० हजारमा चित्तबुझाए । सान्त्वना स्थान हात पार्न सफल प्रवेश बस्नेत र प्रज्वल श्रेष्ठले ५,५ हजार प्राप्त गरे । उता महिलातर्फको उपाधी पनी आर्मीकै दिक्षा तामाङले हात पारीन । उनले फाइनलमा सि.सि.आर.सी. कलेज काठमाण्डौकी सोनु थापामगरलाइ ४ –१को सेटमा पराजीतगर्न सफल रहिन । उनले पनी४० हजार सगै शिल्ड मेडल प्राप्तगरिन भने उपबिजेता थापामगरले २० हजार प्राप्तगरिन । यस्तै सान्त्वना स्थान प्राप्तगर्न सफल गीता अर्याल र स्विकृती श्रेष्ठले नगद ५ , ५ हजार प्राप्तगर्न सफल रहे । यस्तै उदयमान खेलाडीको अवार्ड भने अरनीको इ बोर्डीङ स्कुलका अंकित पल्लि हुन सफल रहे ।

जिल्ला टेबल टेनिस सघंको आयोजनामा सम्पन्न भएको प्रतीयोगीलाइ बुटवल उपमहानगरपालीकाले सहयोग गरेको थियो । प्रतीयोगीताका बिजयी खेलाडीहरुलाइ बुटवल उपमहानगपालीकाका प्रमुख शिब सुवेदी, नेपाल टेबल टेनिस सघंका केन्द्रिय अध्यक्ष चतुरानन्द बैध, सघंका जिल्ला अध्यक्ष सुरेन्द्र शाक्य, प्रमुख सल्लाहाकार अर्जनमान सैजु , पुर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, प्रमुख प्रशिक्षक बिनोद शाक्य, सल्लाहाकार बिष्णु ढकाल, महेन्द्र लिगल, सुनिलमान श्रेष्ठ,अजित श्रेष्ठ लगायतले पुरस्कार र नगदप्रदान गरेका थिए । कार्यक्रम जिल्ला अध्यक्ष सुरेन्द्र शाक्यको अध्यक्षता तथा सचिब महेश खनालको सन्चालनमा सम्पन्न भएको थियो । २ दिनसम्म चलेको प्रतीयोगीतामा ५० पुरुष र ३० महिला खेलाडीहरुले सहभागीताजनाएकाथिए । प्रतीयोगीता सम्पन्न गर्न झण्डै ६ लाख खर्च लागेको सघंका अध्यक्ष शाक्यले बताए । जिल्ला टेबल टेनिस सघंले प्रत्येक बर्ष बिभिन्न प्रतीयोगीता आयोजना गर्दै आइरहेको छ ।