बिपि स्मृति प्रतिष्ठान भवन शिलान्यास कार्यक्रम रुपन्देहिको देवदहमा सम्पन्न

प्रकाशित मिति:

मिना पौडेल -बिपि स्मृति प्रतिस्ठानको भवन शिलान्यास कार्यक्रम रुपन्देहिको देवदहमा सम्पन्न भएको छ । नेपाली कांग्रेस देवदह नगर समितिको आयोजनामा देवदह(४ केरवानीमा उक्त भवनको शिलान्यास पुर्वराज्यमन्त्री एंव नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले गर्नुभएको हो । सोही अवसरमा जिल्ला सभापति रज्जाकले वीपीले प्रतिपादन गरेको लोकतन्त्र, रास्ट्रीयता र समाजबाद्को नितिलाइ अनुशरण गर्दै नेपाली कांग्रेसका गतिविधिहरु संचालन गरिने प्रस्ट पार्नुभयो ।

उहाले दक्षिण एशियाकै लोकप्रिय, बहुआयामिक व्याक्त्तिव वीपीको सपनालाइ साकार पार्न सबै एकजुट हुनुपर्ने बताउनु भयो । भवन निर्माण पछि नेपाली कांग्रेसका अनुयायीहरुले पार्टी सम्बन्धि गतिविधिहरु संचालन गर्ने जानकारी समेत दिनुभयो । साथै भवन निर्माणको लागि आफुले सहयोग गर्ने बचनबद्द्ता व्यक्त गर्नुभयो । २०७२ सालमा तत्कालीन सभापति दुर्गाबहादुर रानाको नेतृत्वमा जग्गाको छनौट कार्य सप्पन्न गरि २ कठ्ठा १७ धुर क्षेत्रफलमा भवन निर्माण कार्य सम्पन्न हुने बताइएको छ ।

नेपाली कांग्रेस महासमिती सदस्य एंव् प्रतिस्ठानका अध्यक्ष मणिप्रसाद शर्माको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव हरिप्रसाद काफ्ले, देवदह नगर प्रमुख हिराबहादुर खत्री, नेपाली कांग्रेस नगर सभापति गुनाखर भुर्तेल, महाधिवेशन प्रतिनिधि भगवती गैरे, नेपाली कांग्रेसका जिल्ला सदस्य एंव प्रतिस्ठानका सचिव बासुदेव रिमाल लगायतले बोल्दै निर्माण हुने प्रतिस्ठानको गरिमालाइ बचाइराख्न सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए । महाधिवेशन प्रतिनिधि एंव प्रतिस्ठानका उपाध्यक्ष रामकृष्ण पौडेलको स्वागत र नगर सचिव अर्जुन पोखरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।