बुद्धभूमी नगर प्रमुख द्वारा बाल विकास उद्घाटन

प्रकाशित मिति:

कमल चौधरी कपिलबस्तु ।बुद्धभूमी नगरपालीकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले सोमबार एक कार्यक्रमका बीच बुद्धभूमी नगरपालीकामा रहेका दुई वटा प्रारम्भिक बाल विकास शिक्षा केन्द्रको भवन उद्घाटन गर्नुभएको छ । बुद्धभूमी–८ स्थित पचिगवामा रहेको सेभेन स्टार र बुद्धभूमी–८ ठाकुरपुर स्थित बुद्ध ईट्टा उद्योगमा शैक्षिक चेतना केन्द्र नेपालको आर्थिक सहयोग तथा ग्लोबल फेयरनेस इन्सेटीभ र घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालको सहकार्यमा निर्मित बाल बिकास भवन नगर प्रमुख श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।

उहाँले बाल विकास उद्घाटन तथा उद्योगलाई हस्तान्तरण कार्यक्रममा बोल्दै नगरपालिकाले गर्नुपर्ने कार्य संघ–संस्थाले गरेकोमा खुसी व्यक्त गर्दै शिक्षाबाट कोही पनि बञ्चित हुनुहुदैन भन्ने स्पष्ट धारण समेत राख्नुभयो । साथै उहाँले उत्पीडित बाल बालिकाको शिक्षा क्षेत्रको बिकासको लागी आफुले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत गर्नुभयो ।
ग्लोबल फेयरनेश इन्सेटीभका राष्ट्रिय निर्देशक शुरेस पण्डितले बालबालिकाको विषयमा राज्य गम्भिर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालय जानबाट बञ्चित बालबालिकालाई शिक्षामा पहँच पुयाउनस्थानिय निकाय, संघ संस्थाहरु कृयाशिल भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रममा शैक्षिक चेतना केन्द्र नेपालका इन्जीनियर शाश्वत घिमिरे, ईट्टा व्यवासयी संघ प्रदेश नं. ५ का महासचिव रुक बहादुर भुषाल, बुद्धभूमि नगरपालीका वडा नंंं. ८ वडा अध्यक्ष कपिल देव तिवारी, बुद्धभुमी ४ का बडा अध्यक्ष पवन कुमार थारु, बाणगंगा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष गुणनिधी भुषाल, श्री जानकी अधारभूत प्रथमिक विद्यालयका प्रध्यपक सुमित्रा उपाध्यया, श्री अधारभूत प्रथमिक विद्यालयका प्रध्यपक गोकर्ण पोख्रेल, हरिहरपुर स्वा.चौकीका प्रमुख पदम बहादुर सिंजाली लगायतले बोल्दै उद्योगहरुमा बालमैत्री शिक्षा लागू गर्न नीतिमा मात्र नभर व्यवहारीक रुपमा लागू हुनपर्नेमा जोड दिनुभयो । उहाँहरुले बालबालिकालाई शिक्षाको ज्योती छर्ने काम घरै देखि रुपान्तरण र प्रत्येक घरको समृद्धि हुनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रम घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्थाका अध्यक्ष थानकला पौडेलको अध्यक्षता, जि.एस.एस.का म्यनेजिङ् डईरेक्टर दुनिका भुषालको स्वागत तथा आत्मनिर्भर विकास संस्थाका कम्पलयन्स अफिसर रोमलाल खनालको संचालनमा सम्पन्नभयो ।