मापसेसँगै अब लापसे जाँच गर्दै ट्राफिक प्रहरी

३१ बैशाख २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
45 Shares


जनकपुरधाम । मादक पदार्थ सेवन ९मापसे० गरेर सवारी चलाउनेहरुलाई कारबाही गर्न थालिएको अभियान ‘हिट’ भयो । प्रहरीले पनि सयौंलाई कारबाही गर्‍यो, मापसे गरेर सवारी चलाउने पनि सचेत भए ।अब प्रहरीले मापसे जस्तै अर्को अभियान सुरु गरेको छ, लापसे । अर्थात् लागुपदार्थ सेवन जाँच ।

प्रदेश २ प्रहरीले मादक पदार्थ सेवन ९मापसे० का साथै लागुपदार्थ सेवन गरेर सवारी चलाए नचलाएको जाँच गर्न थालेको हो ।मादक पदार्थसँगै लागुऔषध प्रयोग गरेर पनि सवारी चलाउने क्रम बढेपछि यो अभियान सुरु गरिएको बताउँछन् प्रदेश २ का ट्राफिक प्रहरी प्रमुख एसपी योगबहादुर पाल ।

पालका अनुसार बारा र सप्तरीका केही सवारी चालकमा लागुपदार्थ प्रयोग गरे(नगरेको जाँच गरिएको छ ।बारामा ५३ जना र सप्तरीमा १० जना सवारी चालकको पिसाब परीक्षण गरिएको छ । यस क्रममा दुई जनाले लागुऔषध गाँजा प्रयोग गरेको फेला परेको उपरीक्षक पालले बताए ।उनीहरुलाई दिनभर नियन्त्रणमा लिई जरिवाना तिराएर आगामी दिनमा यस्तो नगर्न सचेत गराएर छाडिएको छ । उनका अनुसार लापसे जाँच अभियान केही दिनभित्रै प्रदेशका आठ वटै जिल्लामा विस्तार गरिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया