फेसबुक चलाउँदै हुनुहुन्छ ? बुँदा नं ९४ ख्याल गर्नोस् !

३१ बैशाख २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
36 Shares

A smartphone user shows the Facebook application on his phone in the central Bosnian town of Zenica, in this photo illustration, May 2, 2013. Facebook Inc’s mobile advertising revenue growth gained momentum in the first three months of the year as the social network sold more ads to users on smartphones and tablets, partially offsetting higher spending which weighed on profits. REUTERS/Dado Ruvic (BOSNIA AND HERZEGOVINA – Tags: SOCIETY SCIENCE TECHNOLOGY BUSINESS) – RTXZ81J

काठमाडौं – सामाजिक सञ्जालमा केही विकृति र स्वच्छन्दता देखिए पनि अहिलेसम्म नेपाली नागरिकले खुल्ला अभिव्यक्ति दिादै आएका थिए । नेताहरुलाई खरो अलोचनासहितका कमेन्टहरु पनि गर्न पाइन्थ्यो । तर, अब सरकारले ल्याउन लागेको सूचना प्रविधि ऐन जस्ताको त्यस्तै पारित भयो भने फेसबुक चलाउनेहरुबाटै प्रहरी हिरासत र जेलहरु भरिने सम्भावना देखिन्छ ।

सरकारले संसदमा दर्ता गरेको सूचना प्रविधि ऐनमा सामाजिक सञ्जाल दर्ता नगरी चलाउन नपाइने व्यवस्था सागै कसैमाथि गाली बेइज्यती हुने गरी कमेन्ट गरेका कडा सजायाको प्रावधान राखिएको छ । प्रस्तावित ऐनको दफा ९४ मा फेसबुक लगायतका सामाजिक सञ्जालमा सम्प्रेषण गर्न नहुने कुराहरु उल्लेख गरिएका छन् ।

त्यसैगरी तपाईले कुनै युट्युव च्यानल वा बेवसाइट चलाइरहनुभएको छ र सरकारलाई चित्त बुझेन भने त्यसलाई कुनै पनि बेला बन्द गरिदिन सक्ने छ । विगतमा छापाखाना तथा प्रकाशन ऐनले समाचार लेखेकै भरमा कुनै पनि सञ्चारमाध्यमको दर्ता खारेज नगरिने अधिकार सुनिश्चित गरिएको थियो । तर, अहिलेको सरकारले आफूलाई मन लागेका बेवसाइटहरु बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीलाई चिठी लेख्ने गरेको छ ।

सरकारले ल्याउन लागेकाे कानून संसदबाट पारित भएपछि फेसबुक, टि्वटर लगायत सामाजिक सञ्जालमा मनमाैजी पोस्ट गर्नेहरूलाई ५ वर्षसम्म कैदका साथै १५ लाख रूपैयाँ सम्मको जरिवाना हुने व्यवस्था सूचना प्रविधि सम्बन्धी विधेयकमा उल्लेख छ । फेसबुक, टि्वटर लगायतका सामाजिक सञ्जालको प्रयोग गर्नेहरुले के कस्तो सजगता अपनाउने पर्ने गरी कानून आउन लागेको छ भन्ने कुराको जानकारीका लागि तलको प्रावधान हेर्न सक्नुहुनेछ –

फेसबुकबाट तपाईको प्रतिक्रिया