प्रहरीले घचेड्दा वृद्धको मृत्यु

प्रकाशित मिति:

काठमाडौं । बैतडीमा प्रहरी पक्रने क्रममा घचेड्दा एक वृद्धको मृत्यु भएको छ । प्रहरी घचेड्ने क्रममा पाटन–६ का ७० प्रहरी कमलकान्त पन्त मृत्यु भएको हो ।

पाटन नगरपालिका वडा नम्बर ६ हिरापुरकी एक महिलालाई हसियाँ प्रहार गरेको खबर आएपछि इलाका प्रहरी कार्यालय पाटनका प्रहरी टोलीले घटनास्थलबाट हसियाँ प्रहार गर्ने लवदेव पन्त र उनका बुवा कमलकान्त पन्तलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए ।नियन्त्रणमा लिने क्रममा प्रहरीद्वारा लाठी र बुट प्रहार भएर ७० वर्षीय बुवा कमलकान्तको मृत्यु भएको स्थानीयलाई उद्धृत गर्र्दै जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नेत्रमणी गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले प्रहरीमाथि पनि छानबिन भइरहेको छ भने पन्तका बुवाछोराले गरेको अपराधमा पनि छानबिन भइरहेको छ ।