लागूऔषध चरेशसहित २ जना पक्राउ

प्रकाशित मिति:

काठमाडौं– अवैध लागूऔषध चरेश ३ सय ८४ ग्रामसहित २ जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालय र विमानस्थलका सुरक्षा गार्डबाट खटिएको टोलीले आइतवार उनीहरूलाई पक्राउ गरेको हो ।

आन्तरिक उडानतर्फबाट काठमाडौं महानगरपालिका-३ पिपलबोटका ४३ वर्षीय राजु श्रेष्ठ र थाहा नगरपालिका ८ मकवानपुरका रेवा पुरीलाई प्रहरी पक्राउ गरेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ । पुरीलाई तिलगंगा काठमाडौंबाट पक्राउ गरिएको हो । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

थप समाचार