आज बाट जेसीज सप्ताह शुरु , लागु औषध दुव्र्यसन न्युनिकरणको लागि साताभर विभिन्न कार्यक्रमहरु सञ्चालन हुने( भिडियो सहित)

प्रकाशित मिति:

बुटवल जेसीजले स्वस्थ युवा सुखी परिवार भन्ने मुल नाराका साथ शुरु गरेको जेसीज सप्ताहको आज एक समाहरोहका विच प्रदेश नम्वर पाँचका सामाजिक विकास मन्त्री मानीय सुर्दशन बरालले नया जिवन लघु चलचीत्र विमोचन गरेर उद्घाटन गर्नु भएको छ ।

वुटवल जेसीसका अध्यक्ष यमप्रसाद तिवारीको अध्यक्षता तथा महासचीव चन्द्रमणी भुसाल को सन्चालन र कार्यक्रम संयोजक नरदेव न्यौपानेको स्वागतमा भएको कार्यक्रममा मुटुरोग विशेषज्ञ डा समीर गौतम ,सीदार्थ गौतम वुद्ध क्याम्पसका क्याम्पस प्रमुख वावुराम पाण्डेय ,जेसीआई सीदार्थका अध्यक्ष कमल भण्डारी ,ईलाका प्रहरी कार्यलय वुटवलका प्रमुख डम्वर मल्ल लगायतले लागु औषधको असर र समाधानका उपायको विषयमा वोल्नु भएको थियो । जेसीज सप्ताहमा लागु औषध दुव्र्यसन न्युनिकरणको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन हुने छन् ।

बुटवल जेसीजले प्रत्येक वर्ष जेसीज सप्ताह मनाउदै आएको छ । यो वर्ष अलि फरक र प्रभावकारी तरिकाले जेसीज सप्ताह मनाउने लक्ष्यका साथ लागु औषध दुव्र्यसन न्युनिकरणको लागि बुटवलका विभिन्न क्याम्पसमा यो अभियान सञ्चालन गर्ने जेसीजका अध्यक्ष यमप्रसाद तिवारी ले वताउनु भयो । दुब्र्यसन न्यूनिकरणको लागि महत्वपुर्ण भूमिका खेल्ने उदेश्यका साथ यो कार्यक्रम सम्पुर्ण कलेजका गरि करिव १५ सय युवाहरुको माझमा सञ्चालन हुनेछ । साप्ताहीक कार्यक्रमा श्रब्यदृष्य सामग्री प्रर्दशनका साथै सम्वन्धीत विषयमा लामो अनुभव हासील गर्नु भएको प्रशिक्षकबाट प्रशिक्षण हुने छ । सप्ताहको अन्तिम दिन दुब्र्यसन न्युनिकरणको लागि बुटवल उपमहानगर, नागरिक अगुवा,पत्रकार,संघसंस्थाका प्रमुख,प्रहरी र सरोकारवाला निकाय संग बुटवल नगरमा दुब्र्यसन कसरि न्युनिकरण गर्ने ? सन्र्दभमा छलफल हुने छ ।