बुढानिलकण्ठको रिसोर्टबाट नगद र आइफोन चोरि

प्रकाशित मिति:

काठमाडौं-काठमाडौंको बुढानिलकण्ठ-३ मा रहेको पार्क भिलेज रिसोर्टमा सोमबार राति चोरी भएको छ । महानगरीय प्रहरी प्रभाग, बुढानिलकण्ठका अनुसार रिसोर्टको ४ वटा कोठामा बसेका व्यक्तिको धनमाल चोरी भएको हो ।

प्रहरीका अनुसार रिसोर्टको कोठा नम्बर ९०२ मा बसेका डम्बर गुरुङको नगद १५ हजार, हेन्डब्याग तथा एटिएम कार्ड २ थान र कोठा नम्बर ९०४ मा बसेका नेपाली मूलका भारतीय नागरिक भिमबहादुर प्रधानको भारतीय रुपैयाँ ५ हजार, ड्राइभिङ लाइसेन्स, पासबुक, एटिएम कार्ड तथा हेन्डब्याग चोरी भएको प्रहरमिा उजुरी परेको छ ।

त्यस्तै, कोठा नम्बर ९०६ मा बसेका नेपाली मूलका भारतीय नागरिक संजय तामाङको नगद ४ हजार, एउटा मोबाइल तथा लाइसेन्स र कोठा नम्बर ३११ मा बसेका नेदरल्याण्ड नागरिक एलिसन इलालिमनको नगद ५ हजार, ड्राइभिङ लाइसेन्स, क्रेडिट कार्ड तथा आइफोन र अमेरिकी नागरिक क्रिस्ट्रिना उइल हेल्मी निमाको आइफोन चोरी भएको बताइएको छ ।चोरीको सम्बन्धमा थप छानविन र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ