सामाजिक अभियान्ता पंगेनीद्धारा पोशाक वितरण

प्रकाशित मिति:

रुपन्देही -समाजिक अभियान्नता तथा नेपाल शिक्षक संघ प्रदेश ५ का महासचिव लाल प्रसाद पंगेनी (कृष्ण) ले गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक वितरण गर्नु भएको छ । नेपाल शिक्षक संघको ३० औ स्थापना दिवसको अवसरमा उँहाले सैनामैना नगरपालिका वडा नं ४ मा रहेको पर्रोहा उच्च माबिमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई निशुल्क पोशाक बितरण गरेका हुन ।

विद्यालयमा शिशु कक्षामा अध्यनरत ४० जना विद्यार्थीहरुलाई करिब रु तीस हजार बराबरका निशुल्क पोशक बितरण गरेको उँहाले जानकारी दिनुभयो । गरिब तथा जेहेन्दार बिधार्थीलाई अध्ययपनमा सहयोग र राहत होस भन्ने उद्धेश्यले पोशाक वितरण गरिने बताउँनुभयो । विद्यालयका प्रधानध्यापक , शिक्षक , अभिभावकको उपस्थितीमा पङ्गेनीले पोशाक वितरण गर्नु भएको हो ।