पत्रकार आरपि उपाध्यायलाई मातृशोक

प्रकाशित मिति:

नवलपरासी-दाउन्ने सुचना तथा सहकारी सस्था लिमिटेड बर्दघाट ४ बर्दघाट पश्चिम नवलपरासीद्धारा सञ्चालित सामुदायिक रेडियो दाउन्नेका सवांददता तथा कुशल पत्रकार आरपि उपाध्यायलाई मंगलबार मातृशोक परेको छ ।

जिल्लाको विनयी त्रिबेणी गाउपालिका वडा नम्बर ७ रानिनगरमा बस्दै आउनुभएका उहाँको ममतामयी माता तुलसीमाया उपाध्यायको २०७६ बैशाख ३१ गते मंगलबार विहान ३ बजेको समयमा ९७ वर्षको उमेरमा उहाँको आफ्नै निवासमा निधन भएको हो । उपाध्यायलाई परेको मातृशोकको रेडियो दाउन्नेले दुख ब्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । साथै मंगलबारै स्वर्गिय तुलसीमाया उपाध्यायको पार्थिव शरिरलाई दिउसो १ बजे नवलपरासीको त्रिबेणी शव घाटमा विधिपुर्वक दाहसंस्कार गरिएको हो । सो अवसरमा रेडियो दाउन्नेका रेडियो सञ्चालक समितिका पदाधिकारी, कर्मचारी लगाएत नवलपरासीका विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मी, विभिन्न संघ सस्थाका प्रतिनिधि तथा जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।