गरिब तथा वपन्न उपभोक्ताहरुलाई स्वरोजगार र स्वालम्बी बनाउनका लागी थप कार्ययोजनाहरु अघि सार्दै

३१ बैशाख २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
0 Shares


नवलपरासी-पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ मा अवस्थित चिसापानी सामुदायिक वन उपभोक्ता समुहले गरिब तथा वपन्न उपभोक्ताहरुलाई स्वरोजगार र स्वालम्बी बनाउनका लागी थप कार्ययोजनाहरु अघि सारेको छ ।

समुहले हालै मात्र नेपाल वनस्पति विभाग संग समन्वय र समझौता गरि वन क्षेत्रमा थप जडीबुटी लगाउने, प्रशोधन गर्ने र गरि विपन्न, उत्पिडित, आदिवासी, जनजाति र दलित वर्गका महिलाहरुलाई थप आत्म निर्भर बनाउने लक्ष्य लिएको समुहका सचिव अनिल गुरुंगले जानकारी दिनुभएको छ । यस अगावै समुहसंग आबद्ध रहेका लालीगुरां जडीबुटी महिला समुहले जडीबुटी उत्पादन र प्रशोधन गरिरहेको थियो ।

२०५४ सालमा स्थापना भएको चिसापानी सामुदायिक वन साविक माकर गाविसका २, ३, ४ र ८ साविक पञ्चनगरका ९, जहदाको १, २, ८, ९, सरावलको ७, बडहरा दुबौलियाको २, ५, ६, ७ , ८, ९, रामपुर खडौना १, २, ३, ४, ५, ८ र ९ र रामपुरवा १ र २ का उपभोक्ताहरुलाई समटी पुर्व पश्चिम राजमार्गको उत्तपट्टीको करिब ५ सय हेक्टर वन क्षेत्र रहेको छ । उक्त वनमा बैज्ञानिक वन ब्यवस्थापन लागु हुनुका साथै कार्यालय परिसरमा जंगली जनावर समेत पालि सरक्षण गरिएको छ । वनले समावेशी हिसाबले वन पैदावार, दाउरा काठ वितरण समेत गर्दै आएको सचिव गुरुंगले बताउनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया