मानव अधिकार तथा शान्ति समाजद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

शान्ति तिवारी नवलपरासी –मानव अधिकार तथा शान्ति समाजको अयोजनामा जिल्ला प्रहरी कार्यलय र शान्ति समाज विच लागु औषध र हिंसा विसयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यलयको प्रमुख राजेन्द्र प्रसाद भट्टले लागुऔषध पछिल्लो समय ठूलो विकृ्ितको रुपमा देखिएको र नवलपरासीमा रहेको खुल्ला सिमानाका कारण बुटवल, तनहु पोखरा, चितवल, लगाएतका जिल्ला देखि लागुऔषध सेवकहरु आउने गरेको बताउने भयो ।

२१ देखि २५ वर्ष उमेर समुुहका यूवाहरु लागुऔषध बढि प्रयोग गरेको देखिन्छ । साथै लागुऔषध कै कारणले परिवारी झैझगडा कुटपिट, सवारीको दुर्घटना बढेको बताउनु भयो । कार्यक्रममा समाजका केन्द्रिय सदस्य मोहन वि।क। कृर्षि विभाग प्रमुख कुलदिप आचार्य, उपसभापति कृष्ण नारायण श्रेष्ठलागातले बोल्दैलागुऔषधका विरुद्ध जनचेतनामुल कार्यक्रममा समााज र प्रहरी हातेमालो गर्नुपर्र्र्ने बताउनु भयो ।कार्यक्रममा मानवअधिकार शान्ति समाजका जिल्ला सदस्य प्रकाश न्यौपानेले कार्यक्रम माथि प्रकाश पादै स्वागत मन्तव्य, समाजको जिल्ला अध्यक्ष सन्तोष अधिकारीको सभापतित्व्मा भएको कार्यक्रमको सन्चालन गणेश न्यौपानेले गर्नुभएको थियो ।