कामीरिताको २३औँ पटक सगरमाथा आरोहण, बन्यो नयाँ कीर्तिमानी

१ जेष्ठ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
29 Shares


सोलुखुम्बु – साहसिक आरोही कामीरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७:५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेकेको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए ।

लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका छन्  कामीरिता शेर्पा र ओङ्दी शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत आरोहण गरेका हुन् । कम्पनीका टासी लाक्पा शेर्पाले यो राष्ट्रकै गौरवको कुरा भएको बताए ।

सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहणअघि सञ्चारकर्मीसँग कुरा गर्दै २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका थिए । बौद्ध धर्मअनुसार एक महीनाअघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताए । यसअघि २१ पटक सगरमाथा चढिसकेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसकेका छन् । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…
  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए