जेहेनदार विद्यार्थीले टुकी बाल्न नपाएपछि…

१ जेष्ठ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
66 Shares


चिरञ्जीवी मास्के/दोलखा – दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ नेगल टोल । झण्डै ५० घरधुरी रहेको नेगलका सबैघरमा बिजुली बत्ति छ, तर बिर्खबहादुर नेपालीको परिवार भने अध्यारोमा बस्दै आएका थिए । सुकुम्बासी बिर्खबहादुर आर्थिक अवस्था कम्जोर भएकै कारण अध्यारोमा बस्न बाध्य भएको बुझेपछि अहिले राजकुलेश्वर आधारभूत विद्यालय दोलखाले उनको घरमा बिजुलीको मीटर जडान गरिदिएर बिजुली बत्ति बाल्ने ब्यवस्था मिलाएकोे छ ।

राजकुलेश्वर आधारभूत माध्यामीक विद्यालयका प्रधानाध्यापक प्रकाश दहालका अनुसार बिर्खबहादुरका छोरा कक्षा ६ मा अध्यनरत सुरेश नेपाली विद्यालयका जेहेन्दार र जान्ने मध्यका विद्यार्थी हुन् । सधै गृहकार्य राम्रोसंग गरेर ल्याउने सुरेशले एक दिन गृहकार्य गरेनन् । उक्त दिन आफुले किन गृहकार्य नगरेको भनि सुरेशलाई सोध्दा मट्टीतेल नभएकोले टुकी बाल्न नपाएको कारण गृहकार्य गर्न नसकेको जवाफ दिएका थिए ।

अहिलेको जमानामा पनि मट्टीतेलले टुकी बाल्नु पर्ने बाध्यता र आफ्नो बिद्यालयको जान्ने तथा जेहेदार विद्यार्थीले बत्तिको समस्याकै कारण पढाईमा क्षति ब्यहोर्नु पर्ने सम्भावना देखेपछि विद्यालयले झण्डै २२ हजार रुपैया खर्च गरेर बिजुली बत्ति बाल्ने ब्यवस्था मिलाई दिएको राजकुलेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक प्रकाश दहाल बताउछन् । बिर्खबहादुरको आफ्नो नाममा जग्गा नभएकोले मीटर जडानको लागि उनको भाइको लालपूर्जा राखेको प्रधानाध्यापक दहालले बताए । बिर्खबहादुरको परिवारमा १२ बर्षको छोरा सुरेश र श्रीमती गरी तीन जना छन् । बिर्खबहादुर र श्रीमती दुबै निरक्षर हुन् । अरुको घरमा बनि गर्ने र गाँउघरमा सामान्य रुपमा सिलाईको काम गर्ने उनको परिवारलाई विहान बेलुकाको छाक टार्न समेत मुश्किल छ । अरुको बनि गरेको पैसाले विहान बेलुका खान समेत मुश्किल पर्छ, खेती किसान गर्न जमिन छैन अनि कसरी बिजुली बत्ति बाल्ने पैसा जोहो गर्न सक्छु र – बिर्खबहादुरले भने ।

आफ्नो दुःख देखेर विद्यालयले बिजुली बाल्ने ब्यवस्था गरिदिएको भन्दै उनले अब छोराको पढाईमा सजिलो हुने आशा गरेको बताए । राजकुलेश्वर आधारभूत विद्यालयका विद्यार्थी सुरेशले विजुली बत्ति जोडिदिएर विद्यालयले आफ्नो पढाईको लागि ठूलो सहयोग गरेको उल्लेख गर्दै अब नियमीत गृहकार्य गर्ने र राम्रोसंग पढेर आमा बुबालाई राम्रोसंग पालन पोषण गर्ने बताए । राजकुलेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक दहाल बिर्खबहादुरको परिवारले विजुलीको मासिक शूल्क समेत तिर्न सक्ने अवस्था नरहेकोले छ महिनासम्म विद्यालयलेनै विजुली बाले बापतको मासिक शूल्क तिर्ने ब्यवस्था गरिदिएको र उसको परिवारको सहयोगको लागि दाताको खोजि समेत भैरहेको बताउछन् । -न्युजअफनेपाल

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • दुई दिने सिएफएलजिको कार्य सम्पादन समिक्षा तथा कागजात व्यवस्थापन कार्यशाला…
  • तिर्थराज राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ समारोहलाई सम्बोधन गर्न सिटौला नवलपुर…
  • नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
  • नेकपा सचिवालय बैठक सोमबार बस्ने
  • दोस्रो भीरकोट महोत्सव फागुनमा- ‘पर्यटन बर्ष सफल बनाउन महोत्सव’
  • विवाह पछि ऋचा भन्छिन् : ‘माया अनि आर्शिवाद सदैब यसरी…
  • ‘यो स्वर्ण दूध बेचेर मलाई कलेज पढाउने आमालाई’
  • भ्वाइस अफ नेपाल जितेपछि राम लिम्बु ट्रफी लिएरै पहिलो पटक…
  • साग पुरुष बास्केटबल : नेपाल सेमिफाइनलमा
  • जापानी नागरिकको संस्थामा नेपाली अध्यक्ष