
संरचना परिर्वतनले मात्र स्वास्थ्य क्षेत्रमा सुधार नहुने सामाजिक मन्त्रि बरालको भनाई
प्रदेश नं५का समाजीक बिकास मन्त्री सुर्दशन बरालले स्वास्थ्यक्षेत्र कागजमा मात्र परिर्वतन तर प्रतक्ष फरक रहेको बताए ।संरचना परिर्बतन नगरि स्वास्थ्यक्षेत्र सुधार नहुने बताएका छन । समाजीक मन्त्रालय अन्र्तगत रहेको स्वास्थ्य निर्देशनालयको बुटबलमा उदघाटन गर्दे मन्त्री बरालले अस्पतालमा चिकित्सको दरबन्दी भएपनि उनी अस्पतालमा बिरामीले खोज्दा नभएको खाली कागजमा मात्र रहेको बताए ।
चिकित्सकहरु बिरामीप्रति उत्तरदायी नभएको बताउदै दरबन्दी अस्पतालमा भएपनि चिकित्सक निजीकिल्नीक वा राजधानी रहेनेपाएको मन्त्रालय समालेको ६ महिनको अबधिमा यो अबस्था यस्तो पाएको बताए । चिकित्सकमात्र होईनअस्पतालमा कुनै भबन छैन कुनैमा उपकरण छन प्राबिधक छैन उपकरण भएका ठाउमा प्राबिधीकको अबस्था पनि चिकित्सकको जस्तै रहेको बताए । स्वास्थ्यक्षेत्रका अधिकासं बिरामीप्रति ध्यान भन्दा प्रसाशनिक क्षेत्रमा बढी भएकोबताए ।
मन्त्री बरालले भने अब प्रकृर्या र प्ररिणाम आउनेखाले स्वास्थ्यक्षेत्रलाई अघि बढाउने बताए । कर्मचारीको अभाब आफुहरुले धेरै समय थेग्नजनसक्ने बताउदै प्रदेससरकारले निजामति ऐन बनाउछ र लोकसेवा मार्फत आबश्यक चिकित्सक अन्यकर्मचारी भर्ना गर्ने बताए । संघियसरकारको स्वास्थ्यमन्त्रालयलाई आफुले जानकारी गराएको र केहि समय कुर्ने नभए प्रकृया अघि बढाउने बताए ।
एक फरक प्रसंगमा मन्त्री बरालले भने आफुटेक्नीकल नभएपनि नितिनियम बनाउन सक्षम भएको बताएका छन । सुई लगाउन जान्दैन तर सुईकसरी लगाउने निति बनाउन जानेको छु मन्त्रीबरालले भने । उनले स्वास्थ्यक्षेत्रमा परिर्बतन कसरी गर्नसकिन्छ परिबर्तन हुने तरिकाले काम गर्नुस आबश्यक सहयोगको लागी आफुतयार भएको समेत मन्त्री बरालले बताए ।
स्वास्थ्य निर्देशनालय का प्रमुख डा बिनोद कुमार गिरीले ३७ जनाको दरबन्दी सहित निर्देशनालय स्थापना भएको बताउदै क्रमस कर्मचारी आउदै गरेको बताए । उनले अब सबैकाम प्रदेसलाई जिम्मा दिने भएकोले सरुवाबढुबा गर्न महिनौ धाउन नपर्ने र मुख हेरेर सरुवा बढुवा र नम्र थप्ने काम नगर्ने बताएका छन । प्रदेसको १२ जिल्लाका जनस्वास्थ्य असोज सम्म रहेको ले त्यहि संरचनामा कामगर्न कर्मचारीहरुलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै समाजीक बिकास मन्त्रालयका निमित्त सचिब थानेश्वर ज्ञाबलीले परिबर्तको आसा पलाएको छ । सबैको सहयोगवाट सरकार अघिबढने भएकोले सेवामा कन्जुसाई नगर्न आग्रह गरे ।
लुम्बिनी अञ्चल अस्पताल बुटबलका मेसु डा कृष्ण प्रसाद खनालले स्वास्थ्यक्षेत्रमा निति गत सुधारको खाँचो भएको बताए । निति गत सुधार भए सबै सुधारिजाने खनालले बताए । समाजीक बिकास मन्त्रालय स्वास्थ्यमहाशाखा प्रमुख डा उमाशंकर प्रसाद चौधरीले मन्त्रालय स्थापना ६ महिनामा खासै उल्लेखनिय प्रगति नभएको भएपनि अब सबै संरचना स्थापना हुदा प्रगतिदेखाउने तरिकाले काम अघिबढाएको बताए ।
कार्ययममा जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीका वरिष्ठ जनस्वास्थ्य प्रशासक केयर सिह गोदार पृथ्वीचन्द्र अस्पताल नबलपरासीका मेसु डा अनत्त शर्मा मेडिकल स्टोर बुटबलका प्रमुख बुद्धीराज काफ्ले रोशन तिमिल्सिना लगायतले बोलेका थिए ।