जापानमा शक्तिशाली भूकम्प

प्रकाशित मिति:

एजेन्सी – जापानमा आज भूकम्पको धक्का गएको छ । जापानको दक्षिणी आमामी–ओशिमा द्वीपको उत्तरपूर्वी तटीय क्षेत्रमा ५.५ म्याग्निच्युडको भूकम्प गएको जापानी मौसम विभागले जनाएको छ । भूकम्प स्थानीय समय अनुसार बिहान २ः३४ मा गएको थियो । भूकम्पको केन्दविन्दु बरपरकै क्षेत्रमा ३० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

यस भूकम्पपछि धनजनको क्षति प्राप्त भएको छैन । यस भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन । जापान भूकम्पको देशको रुपमा चिनिन्छ जुन देशको सबैभन्दा ठुलो समस्या नै भूकम्प रहँदै आएको छ ।