काठमाडाैं – काठमाडौंमा नेपाल–भारत लगानी एक्स्पो सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दूतावास र भारतीय फ्रेन्चाइज कम्पनीको संयुक्त आयोजनामा बुधबारबाट सो एक्स्पो सुरु गरिएको हो । नेपालमा वैदेशिक लगानी भित्र्याउने मुख्य उद्देश्यका साथ सो प्रदर्शनी आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

दरबारमार्गस्थित याक एन्ड यति होटलमा आयोजना गरिएको एक्स्पोको दोस्रो दिन बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । एक्स्पोमा दुवै देशका करिब ६० वटा ब्रान्डेड कम्पनीहरुले भाग लिएका छन् । एक्स्पोको दोस्रो दिन बिहीबार नेपालमा उद्यम विकासको मार्गचित्र र त्यसका लागि आवश्यक लगानीका विषयमा विस्तृत छलफल हुने छ ।

  •  
    3
    Shares
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •