दुई मोडलमा ओप्पोले मूल्य घटायो

प्रकाशित मिति:

बुटवल – ओप्पोले नेपालमा रमजानको अवसर पारी आफ्ना दुई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा गरेको छ। ओपोले ए७ (४+६४ जीबी) र एथ्रीएस (२+१६ जीबी) भ्यारियण्टलाई नयाँ आकर्षक अफर मूल्यमा उपलब्ध गराएको हो । रमजान अफरअन्तर्गत अब यी फोनहरु क्रमशः रु. २७,९९० र रु. १५,९९०मा उपलब्ध हुनेछन् ।

अगस्ट २०१८मा सार्वजनिक ए३एस दक्षिण एसियाली बजारमा १३+२ एमपी डुअल रियर क्यामेरा र ८ एमपी एआई सक्रिय फ्रण्ट क्यामेरा तथा फुल स्क्रिनसहित सार्वजनिक पहिलो उपकरण हो। यो फोन विशेषगरी मितव्ययी मूल्यमा अत्याधुनिक प्रविधि समायोजित स्मार्टफोन चलाउन चाहनेहरु लक्षित गरी सार्वजनिक गरिएको हो ।

त्यसैगरी, ए७ भने बिगर ब्याट्री फोनका रुपमा नोवेम्बर २०१८मा सार्वजनिक गरिएको थियो। ए–सिरिज अन्तर्गत सार्वजनिक यी दुवै फोन नेपालमा सर्वाधिक विक्रि हुन सफल फोनमध्येका हुन् । ४ हजार २ सय ३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री सहितको ओपो ए७मा उपभोक्ताको प्राकृतिक तथा गुणस्तरिय तस्विर खिच्ने चाहना पुरा होस् भन्ने सोचका साथ १६ एमपी फ्रण्ट क्यामेरा (एआई २.० सहितको) र १३+२एमपी डुअल रियर क्यामेराको ब्यवास्था गरिएको छ। त्यसैगरी, ओपो एथ्रीएसमा भने १३+२ एमपी डुअल रियर क्यामेराका साथमा ८ एमपी एआई सक्रिय गरिएको फ्रण्ट क्यामेरा दिइएको छ। फोनमा सुपर फुल स्क्रिनका साथमा एआई ब्यूटी प्रविधि पनि उपलब्ध छ।