डडेल्धुरामा स्मार्ट कार्डबाट ‘सेनेटरी प्याड’

१ जेष्ठ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
18 Shares


डडेल्धुरा – डडेल्धुराको भागेश्वर गाउँपालिकाले जिल्लामै पहिलो पटक स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट ‘सेनेटरी प्याड’ निकाल्ने मेसिन सञ्चालनमा ल्याएको छ।गाउँपालिकाको वडा नम्बर ४ मा रहेको सरस्वती माध्यमिक विद्यालय बगरकोटमा सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकी अध्यक्ष कौशीला भट्टले बताइन्।

‘छात्राहरुलाई चाहिएको बेला भिन्नै मेसीनमा स्मार्ट कार्ड छिराएर प्याड निकाल्न सक्नेछन्। विद्यालयमा अहिले १ सय १० वटा स्मार्ट कार्ड वितरण गरेका छौं।’ उनले भनिन्। सेनेटरी प्याड मेसीन किशोरीहरुलाई सुरक्षित महसुस हुने भिन्नै स्थानमा राखिएको उनले बताइन्। उनले भनिन,‘अब अन्य माध्यमिक विद्यालयमा पनि सेनेटरी प्याड निकाल्ने मेसिन राख्ने योजनामा छौं’

मेसिन राखेपछि महिनावारीका कारण छात्राहरु दुई÷तीन दिनसम्म विद्यालय नआउने, आइहालेमा पनि सेनेटरी प्याड प्रयोग गर्न नपाउने र कक्षा छाडेर बाहिर निस्कनुपर्ने बाध्यता अन्त्य हुने विद्यालयकी शिक्षिका भुवनेश्वरी शाहीले बताइन्। ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको सहयोगमा छात्राहरुको महिनावारी स्वच्छता व्यवस्थापनका लागि स्वचालित सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकाले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…
  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए