रुपन्देहीको गैडहवामा एक किशोरी मृत अवस्थामा फेला,बलात्कार पछि हत्या गरिएको हुन सक्ने स्थानीयको आशंका

प्रकाशित मिति:

गैडहवा ,जगिलाल थापा । प्रदेश न ५ रुपन्देही जिल्ला गैडहवा गाउँपालिका वार्ड नं १ साडीको भुजौली मा एक किशोरी मृत अवस्थामा फेला परेकी छन् । गाउँपालिका वडा न।१ साँडिको भुजौली नजिकैको स्थानिय घोलामा आज ९ बुधबार विहान ६ बजे तिर भैसी चराउन गएका भैसी गोठालाहरुले किशोरीलाई मृत अवस्थामा भेटेका हुन । मृत अवस्थामा फेला परेकी १९ वर्षीय सवनाम निशा नाम गरेकी किशोरी जसको यसै रोजा समाप्त पछि विहे हुने तयारी रहेको मृत किशोरीका बुवा मोहम्मद इसाहक नाउले बताएका छन ।

मृतक निशा खेतको सुख्खा घोलामा वेवारिसे अवस्थामा फेला परेकी हुन् ।सोमबार उनको कोठामा नभेटिएकी निशा राति करिब २ बजे सेहरी खाने बेलामा उनकी आमाले कोठामा बोलाउन जादा निशा कोठामा नभेटिए पछि उनको घरपरिवार र छिमेकीहरु संगै उनलाई खोज्न शुरु गरिएको थियो थिइन् ।मृतक निशालाई पोष्टमार्टका लागाी त्रिवि शिक्षण अस्पताल महाराजगंञ्ज काठमान्डौ पठाइएको छ भने घटना स्थलबाट एक युवाकलाई प्रहरीले आशका रुपमा नियन्त्रणमा लिएको छ । स्थानीयहरुले विहान करिब ७ वजे प्रहरीलाई खवर गरे लगत्तै प्रहरी घटना स्थल तर्फ पुगेको थियो । रुपन्देही प्रहरीका प्रहरी उपरिक्षक ह्दय थापाले घटना गम्भीर प्रकृतिको भएका कारण घटनाको अनुसन्धानलाई तिव्र पारिएको जानकारी दिए ।उनले घटनाको अनुसन्धान अघि बढिसकेको बताउदैँ पोष्टमार्ट पछि घटनाको कारण पत्ता लाग्ने बताए ।प्रहरी उपरिक्षक थापा भन्छन्“पोष्टमार्टमबाट आएको रिपोर्ट अनुसार हामी घटनाको सफल अनुुसन्धान गछौँ,चाडै नै घटनाको बास्ताविकता पत्ता लगाई दोषिलाई कानुनी दायरामा ल्याउछौ ” ।

मृतक निशाका वुवा महोम्मद इसाहक नाउले संचारकर्मीहरुलाई घटनाको बारेमा भन्छन् “सोमबार राति २ बजे सेहरी खाने समय शुरु भएपछि सेहरीका लागि परिवार सबै सदस्यहरु जम्मा भैसक्दा पनि छोरी नआए पछि छोरीको कोठामा उनकी आमाले कोठामा खोज्न जादा उनि नभएको थाहा भयो त्यसपछि उनलाई कतै छिमेकीको घरमा गएकी छन कि भनेर वरपर छिमेकमा सोधखोज भयो तर छोरी भेटिएन हिजो मंगलबार पनि यताउता सबै खोजियो तर आज भैसी चराउन गएका गोठालाहरुले यही नजिकै घोलामा मृत अवस्थामा फेला पारि गोठालाहरुले नै हामी जानकारी दिएका थिए भन्दै भन्दै छोरीको विहे यो रोजा सकिए लगत्तै यसै महिनामा हुन लागेको थियो तर अहिले यस्तो घटना घट्यो उनले भने ।

प्रहरी प्रशासनले घटना स्थलमा पत्रकारहरुलाई प्रबेश गरी समाचार संकलन गर्न र तस्बिर लिन नदिए पछि स्थानियहरुले पत्रकारहरुलाई यथार्थ घटना बिबरण संकलन गरी समाचार सम्प्रेषण गर्ने बाताबरण सृजना गरिदिन माग गरेका थिए । सामुहिक रुपमा हत्या गरेर फालीएको हुन सक्ने स्थानीहरुले आशंका गरेका छन भने प्रहरी प्रशासनले पनि हत्या गरिएको वा आफै आत्म हत्या गरेको भन्ने कुरा मृतकको शव पोष्टमार्टम गरे पटिछ मात्र थाहा हुने बताएको छ।बास्तबिक रिपोर्ट आओस भन्नकै लागि मृत किशोरीको शव त्रि।बि। शिक्षण अस्पताल काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रमुख तथा प्रहरी उपरिक्षक हृदय थापाले संचारकर्मीहरुलाई जानकारी दिएका छन । स्थानियहरुले प्रशासनबाट घटनाको बास्ताविकता पत्ता लगाई दोषीलाई कार्बाही गर्ने प्रतिबद्धता नजनाए सम्म शवको मुचुल्का उठाउन नदिए पछि प्रहरी उपरिक्षक थापाले पोष्टमार्टम रिपोर्ट यथार्थ लयाउनकै लागि त्रि।त्रि। शिक्षण अस्पतालमा पठाइएको र रिपोर्ट आए पछि अनुसन्धान बढि प्रभावकारी हुने अनि दोषीको निम्र्यौल पश्चात छिटै नै दोषिलाई कडा भन्दा कडा कार्वाही गरिने प्रतिबद्धता जनाए पछि शवको पोष्टमार्टमको लागि मुचुल्का तयार गर्न सहज बाताबरण सृजना भएको थियो । स्थानिय समाजसेबी मोहम्मद स्लामले किशोरी मृत अवस्थामा भेटिनु दुखद भएको र किशोरीको हत्या गरिएको हो वा आफै आत्म हत्या गरेकी हुन त्यसबारे सत्य तथ्य छानबिन गरिनु पर्ने र यदि हत्या गरिएको हो भने प्रभावकारी अनुसन्धान गरि दोषीको पहिचान गरि काबार्ही गर्न प्रहरी प्रशासन समक्ष अपिल गरेका छन।