वर्षमा केवल ५ घण्टा खुल्ने मन्दिर, महिलाका लागि विशेष नियम

१ जेष्ठ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
2K Shares


एक वर्षमा केवल एक दिनमात्र खुल्ने मन्दिरका बारेमा त हामीले सुनेकै छौँ । तर वर्षदिनमा केवल ५ घण्टामात्र खुल्ने मन्दिर पनि यो दुनियाँमा रहेछ । छिमेकी मुलुक भारतमा रहेको एउटा मन्दिर वर्षमा केवल ५ घण्टा मात्र खुल्छ । उक्त मन्दिरमा महिलाका लागि विशेष नियम पनि छ ।

छत्तिसगढ प्रान्तको गरियाबन्द जिल्लाा रहेको निरई माता मन्दिर पहाडी इलाकामा रहेको छ । यो देवी मन्दिरमा अन्य देवीका मन्दिरमा जसे सिन्दुर, श्रृंगारका सामान तथा फूलको साटो केवल नरिवल र अगरबत्ती मात्र चढाइन्छ । वर्षको एक दिन चैते दशैँको नवमीको बिहान ४ देखि ९ बजेभित्रमा मात्र यो मन्दिर खोलिन्छ । वर्षका अरु दिन यो मन्दिरमा जान प्रतिबन्धित छ ।

चैत्र नवरात्रीमा सो मन्दिरमा आफै ज्योति प्रज्वल्लित हुने दाबी गरिन्छ र नवरात्र भर बलिरहन्छ । तेल विना आफै त्यसरी ज्योति बल्नुलाई स्थानीयले चमत्कारको रुपमा लिन्छन् । त्यो मन्दिरमा महिलाको प्रवेश निषेध छ र केवल पुरुषहरु मात्र प्रवेश गर्न पाउँछन् । अझ रोचक त महिलाहरुले त्यो मन्दिरको प्रसाद खान पनि पाउँदैनन् । मन्दिरको प्रसाद खाएमा महिलाहरुमा केही न केही नकारात्मक घटना हुने जनविश्वास छ । – एजेन्सीको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…
  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए