पार्टी सङ्गठन सुदृढीकरणमामा लाग्नुपर्छ : नेता जोशी

१ जेष्ठ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
0 Shares


दमौली– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टीका हरेक नेता तथा कार्यक्रर्ताले सङ्गठन सुदृढीकरणमा लाग्नुपर्ने बताएका छन् । पार्टीको राष्ट्रिय जागरण अभियानका क्रममा काङ्ग्रेस तनहुँले भिमादमा आज आयोजना गरेको क्षेत्र नं २ स्तरीय भेलामा उनले पार्टीभित्र उचित व्यक्तिलाई उचित भूमिका दिनुपर्नेमा जोड दिए ।

गत वैशाख २५ गतेदेखि शुरु भएको जागरण अभियानअन्तर्गत तनहुँ जिल्लाका विभिन्न ठाउँमा काङ्ग्रेसले भेला आयोजना गरेको छ । काङ्ग्रेस तनहुँका सचिव लक्ष्मी आचार्यका अनुसार क्षेत्र नं १ को भेला जेठ २ गते बन्दीपुरको डुम्रेमा आयोजना गर्ने भएको छ ।

त्यस्तै नगर तथा गाउँस्तरीय भेला जेठ १५ गते शुक्लागण्डकीको दुलेगौडामा, जेठ १६ गते भानुमा, जेठ १७ गते रिसिङमा, जेठ १८ गते घिरिङमा, जेठ १९ गते देवघाटमा, जेठ २० गते आँबुखैरेनीमा, जेठ २१ गते म्याग्देमा, जेठ २२ गते बन्दीपुरमा, जेठ २३ गते भीमादमा र जेठ २४ गते व्यास नगरपालिकामा हुने आचार्यले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • ॐ सुत्ने समयमा यी ५ चिज सिरानीमुनी राख्नुस्, सुख र…
  • सभामुखसँग चिनियाँ जनकंग्रेसको वातावरण समितिका अध्यक्षको भेट
  • ट्रेड युनियन मार्फत मन्त्री बनेकाले बिरोध गर्न थालेः थापा
  • संस्कार र सस्कृति नेपालीका अमुल्य सम्पत्ति हुन् : प्रदेश प्रमुख…
  • कम्यु्निष्ट सरकारले राष्ट्रियता कमजोर बनायो : डा शेखर कोईराला
  • विधेयक फिर्ता नलिए संसद चल्न दिदैनौ: देउवा
  • थाइल्यान्डमा अलपत्र १० विद्यार्थीको उद्धार गरी नेपाल फर्काइयो
  • बीपी स्मृतिमा मेलमिलापको नीतिको चर्चा, समस्या पुरानै
  • प्रदेश ५ मा विप्लवका गतिविधि घटे : मुख्यमन्त्री
  • ॐ सोमबारका दिन गर्नुस् यी पाँच काम मनले चिताएको पुग्छ