खेती प्रविधी तालिम सम्पन्न

१ जेष्ठ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
26 Shares


सन्जु पौडेल –सामुदायिक विकास विकास कोष समितीको कार्यालय सैनामैना नगरपालीका को आयोजना रहेको तीन दिने मौसमी, बमौसमी खेती प्रविधी तालिम सम्पन्न भएको छ । एक कार्यक्रमका बीच तालिम सम्पन्न भएको हो । समापन समारोहमा बोल्दै सैनामैनम नगरपालीकाका उपप्रमुख वीना रानाले नगरले स्थानीयलाई क्षमतायुक्त बनाएर समग्र नगरको विकास गर्ने योजना अघि सारेकाले सिकेका कुरालाई व्यवहारमा उतारेर काम गर्न प्रशिक्षार्थीलाई सुझाउनुभयो । वहांले महिला लाई सिपमुलक तालिम प्रदान गरी रोजगार बन्ने आधार तयार गर्न नगरपालीका तयार रहेकाले सिकाईको कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ठ अतिथी नगरपालीकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले नगरका हरेक योजना स्थानीयको हित र सिकाईका कार्यमा केन्द्रित रहेकाले हातेमालो गरेर विकासका काममा लाग्न आग्रह गर्नुभयो । हरेक तालीम र सिकाईमा महिलालाई प्राथमिकतामै राखिएको जनाउंदै वहांले महिला क्षमतावान भए समाज र नगर नै क्षमतवान हुने धारणा राख्नुभयो । सामुदायिक विकास कोषका अध्यक्ष नरेनद्र प्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक विकास कोषका अध्यक्ष्रुा सरस्वती देवी खड्का, प्रशिक्षक कृषि विकास शाखा प्रमुख साधुशरण यादव लगायतले बोल्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • पश्चिम नवलपरासीमा ११ जनाको आरडिटि रिपोर्ट पोजेटिभ
  • चुनौतीलाइ चाङ पन्छाउदै अघि बढ्दै सियारीका प्रेम पन्थि : कृषी…
  • रुकुम हत्याकाण्डका दोषीलाई कारवाही नहुदा सम्म खवदारी जारी रहन्छ :…
  • संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
  • अमेरिकाका दर्जनौं शहरहरूमा हिंसा भड्किएसँगै सैन्य प्रहरी तैनाथ
  • आज मात्र थप १८९ जनामा कोरोनाको संक्रमण पुष्टि,भएसंगै संक्रमितको संख्या…
  • क्वारेन्टिनमा बसेकी बाजुराकी महिलाले बच्चा जन्माईन
  • किसानको तरकारी नगरपालिकाबाट खरिद बिक्री
  • क्वारेन्टाइन बसेर घर जाने प्रवासीलाई सित्तैमा कण्डम
  • स्कुल अफ डेमोक्रेसीको संरचना प्रदेश र जिल्ला तहमा ! गण्डकी…