जिल्ला फुटबल सघ रुपन्देहींले मनायो ‘ग्रासरुट फुटबल डे’

प्रकाशित मिति:

बुटवल ।  जेठ १ । बालबालिकालाई लक्षित गरेर एन्फाले यस वर्षदेखि प्रत्येक जिल्लामा ग्रास रुट प्रशिक्षण शुरु गरेको छ । नेपाली फुटवलमा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एन्फाले गत भदौदेखी ग्रास रुट फुटबलको प्रशिक्षण सुरु गरेको थियो । जस अन्र्तरगत
जिल्ला फुटबल संघ रुपन्देहीले बिशेष कार्यक्रमको आयोजना गर्दै बुधबार ग्रासरुट डे मनाएको हो । ग्रास रुट फुटबल जिल्लाका बिभिन्न विद्यालयका ३ सय भन्दा बढी बालबालिका सहभागी भएको जिल्ला फुटबल सघं रुपन्देहीका अध्यक्ष दिर्घबहादुर केसी ले जानकारी दिए ।

एसियन फुटबल काउन्सिलले हरेक वर्ष मे १५ तारिखलाई ग्रासरुट डेको रुपमा मनाउदै आएको छ । यस वर्ष एन्फाले काउन्सिलको कार्यक्रमलाई नेपालमा भित्राएपछि पहिलो पटक ग्रास रुट डे मनाइएको हो । एन्फाले नेपालका तीन जिल्लामा ग्रास रुट डे मनाउने निर्णय गरेको थियो । एन्फाको निर्णय अनुसार रुपन्देही सहित बारा र सुनसरीमा पनि ग्रास रुट डे मनाइएको बताइएको छ । कार्यक्रममा बोल्दै जिल्ला फुटबल सघं रुपन्देहीका अध्यक्ष केसीले   नेपाली फुटबलको विकासका लागि ल्याइएको ग्रास रुट कार्यक्रम दक्ष खेलाडी उत्पादन हुनेमा बिश्वस्त रहेको बताए ।