लुम्बिनीको विकासमा स्थानीय नै बढी जिम्मेवार बन्नुपर्छ : मन्त्रि गिरी

प्रकाशित मिति:

सन्जु पौडेल –  प्रदेश न ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि लीला गिरीले संघीय सरकारकै मातहतमा संचालीत लुम्बिनी विकास कोषले लुम्बिनीको समग्र विकासका लागि कार्य गरिरहेकामा लुम्बिनी भ्रमण गर्न आउने पर्यटकको संख्या वृद्धिका लागि प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ गर्न लागेको बताए । उनले भने र्, लुम्बिनीको विकासका लागि स्थानीय नागरिक र स्थानीय तहकै सक्रियता बढी आवश्यक छ । ’ लुम्बिनीको विकासमा सरकारले केही गरेन भनेर उम्कने बाटो नभएको प्रष्ट्याए । २५६३ औं बुद्धजयन्तीको अवसरमा नेपाल पत्रकार महासंघ रूपन्देहीले आयोजना गरेर्को लुम्बिनीको विकासमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रियामा बोल्दै मन्त्री गिरीले बुद्धसंग सम्बन्धित सबै स्थानको विकास तीब्र गतिमा गर्न जरूरी रहेको औंल्याए । प्रदेश सरकारसंग सबै अधिकार नभएकाले समस्या उत्पन्न भएको भनदै उनले यही गतीले लुम्बिनीको विकासले निर्वाह नहुने संकेत गरे । उनले भनेर्, विश्वमा नै अति महत्व बोकेका केही स्थानमध्ये लुमिबनी पनि एक भएकाले यसको विकास गरी विश्वका नागरिकलाई एकपटक आउनैपर्ने स्थानका रूपमा परिचित गराउन आवश्यक रहेको छ ।

स्थानीय तहको भूमिका बारे कार्यपत्र प्रस्तुत गर्दै पत्रकार डी. आर घिमिरेले लुम्बिनीलाई वृहत्तर रूपमा बुझेर यससंग सम्बन्धीत रामग्राम, कपिलवस्तु र देवदहको विकासमा समेत ध्यान दिन विकास कोषलाई आग्रह गरे । उनले भनेर्, स्थानीय समुदायको अपनत्व हुनेगरी लुम्बिनी आउने पर्यटकले चिनोको रूपमा लान सक्ने वस्तु निर्माणमा सक्रियता जगाउन आवश्यक रहेको जनाए । त्यस्तै लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज कुमार भट्टराईले निकट भविष्यमै लुम्बिनी क्षेत्रभित्र डिजल र पेट्रोलबाट चल्ने साधनको विकल्पमा विद्युतीय गाडीको प्रयोग गर्ने बताए । केन्जो टांगेको योजना ८२ प्रतिशत सम्पन्न भइसकेकाले बांकी रहेको काम निर्धारीत समयमै सकिने बताए ।
कार्यक्रममा स्थानिय तहका प्रमुख तथा उपप्रमुख र संघसंस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।