जनपत्रकार सहितका ५ पत्रकार संगठन द्वारा राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण

प्रकाशित मिति:

काठमाडौं संवाददाता  जेठ,१  – सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धी विद्येयक लगाएत पत्रकार एवम् सर्वसाधारण नागरिकहरुको गैरन्यायिक गिरफ्तारी र धरपकड बढदै गएको भन्दै जनपत्रकार संगठन सहितका ५ पत्रकार संगठनहरु द्वारा राष्ट्रिय मानवअधिकार आयोगलाई ध्यानाकर्षण एवम् जानकारी गराएका छन् ।

बुधबार दिउँसो आयोगको केन्द्रीय कार्यलय पुगि आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्ति लगाएतका आयोगका पदाधिकारीलाई भेटि पत्रकार संगठनका पदाधिकारीहरुले ध्यानाकर्षण जनाएका हुन । जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे,प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष ईन्द्र रावत,जनपत्रकार संगठनका महासचिव हिम विष्ट, प्रेस सोसाइटी र मधेसी पत्रकार समाजका पदाधिकारीहरु आयोग पुगेका थिए । देशभरका पत्रकारहरुले प्रेस विरोधी विधेयक तत्काल खारेज नगरे अन्तर्रा्ष्ट्रिय मिडिया मिसन र संयुक्त राष्ट्रसंघलाईसमेत गुहार्ने चेतावनी दिईरहेका वेला संगठनका पदाधिकारीहरु आयोग पुगि गम्भीर हुन अनुरोध गरेका छन् । भेटघाटमा आयोगका कार्यवाहक अध्यक्ष वस्तिले अहिले संसदमा प्रस्तुत गरिएको विद्येयक पारित भए नेपाली प्रेसको स्वतन्त्रता संकटमा पर्ने भन्दैमा आफुहरु त्यस बारेमा गम्भीर रहेको बाँकी जिकिर गरे । उनले भने, ‘यो विद्येयक संसदबाट पास भएर कानून बनेर आयो भने नेपालमा प्रेस स्वतन्त्रता बाँकी रहँदैन् । उनले नेपाली प्रेस शान्ति प्रक्रियाको हिस्सेदार भएकोले यसको लोकतान्त्रिक व्यवस्था माथि प्रश्न उठने भन्दै अन्तर्राष्ट्रिय समुदायले समेत चिन्ता व्यक्त गर्ने बताए । कार्यवाहक अध्यक्ष वस्तिले भेटमा गैरन्यायिक गिरफ्तारी प्रति आयोग गम्भीर बनेको बताए । छलफलमा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिता साथै पत्रकार गिरफ्तारी प्रति सबै एकजुट भएर लाग्नु पर्ने बताईन ।