संगमपथका दुई पसलमा आगलागी

प्रकाशित मिति:

बुटवल, २ जेठ । बुटवल उपमहानगरपालिकाको सङ्गमपथका दुई पसलमा आगलागी भएको छ । सङ्गमपथस्थित हरी प्रधानको घरको भुईं तलामा रहेका ब्याग हाउस र जुत्ता पसलमा गएराति करिब ९ बजेतिर आगलागी भएको हो । गुल्मी रेसुंगा ट्रेडर्स (जुत्ता पसल) र सगरमाथा ब्याग हाउसमा विद्युत सर्ट भई आलगागी भएको बताइएको छ । उक्त आगलागीबाट दुई वटा पसलमा गरी करिब ५० लाख रुपैयांको क्षति भएको अनुमान गरिएको छ । बुटवल र तिलोत्तमाको दमकलको सहयोगमा एक घण्टापछि आगलागी नियन्त्रणमा आएको स्थानीय अरुण श्रेष्ठले जानकारी दिए ।