ट्रान्सफर्मर मर्मत गर्दा विद्युत कर्मचारीको करेन्ट लागेर हात खुट्टा गुम्यो

प्रकाशित मिति:

बुटवल, २ जेठ । गैंडहवा गाउंपालिका वडा नंं ८ मैनहियामा विग्रिएको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा तिलोत्तमा नगरपालिका वडा नं १४ का गुरुदत्त चौधरी करेन्ट लागेर गम्भिर घाईते भएका छन् । चौधरी विद्युत प्राधिकरण अमुवामा कार्यरत कर्मचारी हुन् । चौधरीको एउटा हात र एउटा खुट्टा चुंडिएको छ । गम्भीर अवस्थामा उद्धार गरिएका चौधरीलाई युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका लागि लगिएको विद्युत प्राधिकरण अमुवा ग्रिडका किशोर श्रेष्ठले जानकारी दिए । विद्युत प्रवाह बन्द गरी ट्रान्सफर्मर मर्मत गरिरहेको अवस्थामा एक्कासी विद्युत प्रवाह सूचारु गरिदिएका कारण उक्त घटना घटेको गुप्ताले जानकारी दिए । काम गरिरहेको अवस्थामा एक्कासी विद्युत लाईन जोडेपछि चौधरी दश मिनेट भन्दा बढी समय पोलमाथि नै अड्किएका थिए ।