तिलोत्तमाका नगरप्रमुखद्धारा पारिश्रमिक वापतको रकम छात्रवृत्ति स्वरुप ४४ जना विद्यार्थीलाई हस्तानतरण

प्रकाशित मिति:

शिक्षामा सबै वर्ग र समुदायको पहुंच सुनिश्चित गर्ने उद्धेश्यले तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले आफूले पाउने पारिश्रमिकबाट नगरभित्रका विभिन्न सामुदायिक विद्यालयका ४४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ ।
नगर परिसरमा एक कार्यक्रमका बीच उक्त रकम विद्यार्थी , अभिभावक र शिक्षक प्रतिनिधीको उपस्थितीमा हस्तानतरण गरिएको हो । छात्रवृत्ति हस्तानतरण कार्यक्रममा बोल्दै नगर प्रमुख वासुदेव घिमिरेले सामुदायिक विद्यालयको शिक्षामा ३ वर्षभित्र परिवर्तन ल्याई निजी सरह मान्यता प्राप्त बनाउने लक्ष्य लाई पूरा गर्न यो अभियानले सहयोग गर्ने विश्वासका साथ आफ्नो पारिश्रमिकबाट छात्रवृत्ति प्रदान गरेको बताउनुभयो । वहांले यस कार्यले आर्थिक अवस्था कमजोर भएका बालबालिकाले पढ्न पाउने तथा बाल सिकाइएमा सुधार ल्याउने अपेक्षा रहेको बताउनुभयो ।

सो अवसरमा बोल्दै नेपाली कांग्रेसका नगर सभापनि हरिलाल पाण्डेले नगर प्रमुखले गरेको कार्यको स्रहाना गर्दै आफ्नो पार्टीले सकारात्मक कार्यको प्रशंसा गर्ने र नकारात्मक कार्यको विरोध गर्न पनि पछि नपर्ने भनाई राख्नुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले नगर प्रमुखले शुरु गरेको अभियानलाई सार्थक बनाउन नगरपालिकाले शिक्षा क्षेत्रमा राम्रो बजेट छुट्याएको र आगामी वर्षहरुमा पनि शिक्षाको उन्नतीका लागि नगरपालिकाले पहल गरिरहने बताउनुभयो ।
कार्यक्रममा तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, शान्ति नमूना माविका प्रधानाध्यापक कुलप्रसाद लामिछाने, अभिभाभवक संघका नारायण ज्ञवाली लगायतले बोल्दै नगरपालिकाको शिक्षा षेत्रको विकासमा नगर प्रमुखले शुरु गरेको अभियानमा आफूरुको साथ संधै रहने बताउनुभयो ।
छात्रवृत्ति स्वरुप कक्षा १ र २ का लागि रु ६०००, ३ र ४ का लागि रु ७०००, ५ र ६ का लागि रु ८०००, ७ र ८ का लागि रु ९०००, कक्षा ९ का लागि रु ९५००, १० का लागि रु १००००, ११ लागि १७००० गरी ४४ जनालाई हस्तानतरण गरिएको हो । नगर उपप्रमुख जागेश्वरदेवी चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।