आधारभूत कम्प्यूटर प्रशिक्षण

प्रकाशित मिति:

मणिग्राम, । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारीका लागि सञ्चालित आधारभूत कम्प्यूटर प्रशिक्षण (बुधबार) क्याम्पसमा समापन भएको छ । प्रशिक्षण समापन गर्दै क्याम्पस प्रमुख मोहनराज शर्माले प्राज्ञिक कार्य तथा अनुसन्धानको क्षेत्रमा प्राध्यापकहरूलाई गतिशील बनाउन क्याम्पसले निःशुल्क कम्प्यूटर प्रशिक्षण उपलब्ध गराएको बताउनुभयो ।

क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिका सदस्य ताराप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशिक्षक हेमलाल गौतमले प्राध्यापक तथा कर्मचारीहरूमा सिकाईको उत्सुकता देखेर आफू प्रभावित भएको बताउनुभयो । अनुसन्धान व्यवस्थापन समितिका सदस्य मुक्तिनाथ गैह«ेको सञ्चालनमा भएको कार्यक्रममा सहभागी प्राध्यापकहरूः बालकृष्ण अर्याल, आनन्दप्रसाद पाण्डेय, माया कडेरिया लगायतले प्रशिक्षणबाट आफूहरूमा प्राविधिक सबलता थपिएको बताउनुभयो । गत चैत्र १० गतेदेखि सञ्चालित प्रशिक्षणमा १७ जना प्राध्यापक तथा कर्मचारीको सहभागिता रहेको क्याम्पसका संकाय प्रमुख नारायणप्रसाद भुसालले जानकारी दिनुभयो ।