चैत मसान्तसम्म भीरकोट बालमैत्री नगर बनाईने

प्रकाशित मिति:

स्याङ्जा : भीरकोटलाई बालमैत्री नगरपालिका बनाउने उदेश्यले नगरभित्रका सबै बडाहरुमा बालमैत्री स्थानिय शासन अबलम्बन गर्न बिभिन्न प्रक्रियागत बिषयमा छलफल एवं अभिमूखीकरण कार्यक्रम सुरु गरिएका छन् । २०७६ को चैत मसान्तसम्म भीरकोटलाई बालमैत्री नगर घोषणा गर्न नगरपालिका लागि परेको छ ।

बालबालिकाकोे अधिकार, सेवा र सुबिधालाई सुनिश्चितता तथा बिकासगरी बालविकासमा उनीहरुकै सहभागिता गराउने उदेश्य सहित नगरपालिकाले यस्तो अभियान संचालन गरेको हो । नगरपालिकाले बालमैत्री स्थानीय शासन तालिम राष्ट्रिय सहजकर्ता बिष्णुप्रसाद चौवे (चर्तुवेदी) मार्फत सरोकारवालालाई प्रशिक्षण गराउनुभएको हो ।चौवेले शिक्षक, स्वास्थ्यकर्मी, राजनीतिक दलहरु, संघसंस्था र पत्रकारहरुलाई उनीहरुका जिम्मेवारी सहित छुट्टाछुट्टैरुपमा बालमैत्री नगर घोषणाका लागि आवश्यक पर्ने मापदण्डका बारेमा प्रशिक्षित गराउनुभएको हो ।सम्बन्धित पक्षले आफना आवश्यकता आफैं पहिचानगरी यहाँका बालबालिकाले आफना आवश्यकता माग गरेर भौतिक एवं सामाजिक विकासमा सहयोग पुरयाउन भन्ने नगरको उदेश्य रहेको’ नगरप्रमुख छायाराम खनालले बताउनुभयो । उनले भने ‘उमेर र क्षमताका आधारमा बालमैत्री वातावरण बनाई नगरलाई बालमैत्री नगर घोषणा गर्ने अभियानमा जुटेको हौं । ’

स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार स्थानिय तह संचालन भैरहेको अवस्थामा हरेक वडाले बालबालिकाको क्षेत्रमा राज्यले निर्धारण गरे बमोजिमको रकम बिनियोजन गर्नुपर्ने वाध्यकारी नियम भएको पत्रकार महास्रघका अध्यक्ष ओमप्रकाश शर्माले भन्नुभयो ।बिगतदेखिको बालबालिकालाई आएको रकम समानान्तर गरी अन्य शिर्षकमा खर्च हुने परम्परालाई अझै तोड्न नसक्नु दुखद रहेको पनि उहाको भनाई छ ।प्रशिक्षक चौबेले बालमैत्री नगर घोषणाका लागि २८ आधार र ३९ वटा सूचक पुरा गर्नुपर्ने जानकारी दिनुभयो । बालमैत्री स्थानीय शासन न्यूनतम सूचकहरुमा सेवा प्रवाह सम्बन्धी २७ वटा र संस्थागत विकास सम्बन्धी १२ वटा सूचक पुरा गर्नुपर्दछ । ती मध्ये बाल बचाउ, बाल संरक्षण, बाल विकास , बाल सहभागिताका बिषयमा ध्यान दिन जरुरी छ । वडाका ३ सय ५८ वटा काम, कर्तब्य र अधिकार रहेको बताउदै प्रत्येक वडामा बाल उद्यान, बाल विकास केन्द्र र स्वास्थ्य केन्द्र तथा उपकेन्द्रको समेत ब्यवस्था गरिनुपर्ने छ ।

असहाय, अनाथ, अपांगता भएका, द्धन्द्धपीडित, बिस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट बिशेष संरक्षण सुबिधा पाउने हक रहेको छ ।भीरकोट नगरपालिकाले बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणा सम्बन्धमा आयोजित संचारकर्मीसंगको अभिमूखीकरणमा बालमैत्री नगरका लागी वडादेखी नगरपालिकासम्मका बिबिध काम कर्तव्य, अधिकार र कानुनी व्यवस्थाका बारेमा सहजीकरण गरिएको हो ।बालमैत्री स्थानीय शासन नगर सम्र्पक व्यक्ति तथा सुचना अधिकृत धनप्रसाद कोईरालाले बालमैत्री वातावरण, बालमैत्री ब्यवहार, बालमैली बोलीचाली काम, कागज र ब्यवहारमा उतारेर बालमैत्री नगर घोषणा गरिने बताउनुभयो।अहिलेसम्म ३२ वटा स्थान बालमैत्री वडा, नगर घोषणा भैसकेको सहजकर्ता चौवेले जानकारी दिनुभएको छ ।