औषधीय गुणले भरिपूर्ण पुदिना

प्रकाशित मिति:

एजेन्सी -पुदिनाको अचार स्वादिलो हुने कुरा त सेवन गर्नेहरुलाई थाहा नै छ । पछिल्लो समय खास गरी शहरको घरको कौसीमा र गमलाहरुमा तरकारी , फलफुलहरु रोपेर सेवन गर्न थालेको छन् ।यस्तै पुदिनालाई पनि गमलामा रोप्न सकिन्छ । ठूला – ठूला होटलहरुमा पनि पुदिनाको आचार पाइन्छ ।

पुदिना खादामा मात्र स्वादिलो नभइ औषधिको पनि काम गर्छ । यसको पात घोटेर पानी बनाएर खाएमा पेटको दुखाइ कम हुन्छ । मुख गन्हाउने समस्या भएकाहरुले पुदिनाको सुख्खा पातहरु लाई पिसेर दाँतमा घोटेमा कम गर्दछ । यसले गिजालाई पनी बलियो पार्छ ।पुदिनाको पातहरु सँगै ३ थोपा जती कागतीको रस मिलाएर मुहारमा लगाएर पाँच मिनेट पछि सफा गर्ने कार्य एक हप्ता सम्म निरन्तर गरेमा अनुहारको डण्डिफोर र डण्डिफोर बाट बनेका खिलबाट पुरै मुक्ति मिल्छ।

शरिरमा दाद वा छालामा फुस्रोपना आएमा पुदिनाको पातलाई दिनमा चार पटक दाद आएको ठाउँ वा फुस्रो भएको ठाउँमा लगाएमा निको पार्दछ । बिच्छी वा सर्पले टोकेको ठाउँमा पुदिनाको पातको रस लगाएमा बिष मार्न सहयोग पुर्‍याउछ ।पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ । पुदिनाको सेवन मात्र होइन यसका पातको लेपन बनाएर लगाउँदा विभिन्न खाले छालाका समस्या पनि कम हुन्छन् ।ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुन्छ । अपच भएर पेट दुखेको छ भने पदिनाको रसमा अदुवाको रस र बिरे नूनको धूलो मिलाएर खानुहोस् । पिनासका बिरामीलाई पनि पुदिनाको रस लाभदायक हुने बताइन्छ ।प्याज र पुदिनाको रस मिलाएर नाकमा नियमित हाल्ने गर्नाले पिनास कम हुन्छ । सलादमा दिनहुँ पुदिना चपाएर खानाले दाँत सड्ने, गिँजा सुन्निने जस्ता समस्या दूर हुन्छन् ।