किन द्रौपदीले पाँच पति पाइन्

प्रकाशित मिति:

एजेन्सी -महाभारतकी अमर पात्र द्रौपदी आफ्ना पाँच पतिका कारण सधैं विवादमा रहिन् । बहुपति प्रथालाई स्वीकार नगर्ने समाजमा द्रौपदीको कदम क्रान्तिकारी थियो जसका कारण उनीमाथि अनेकौं लाञ्छना लागे ।हुन त द्रौपदीले अर्जुनसँग मात्र विवाह गरेकी हुन् तर उनको सम्बन्ध अर्जुनका दाजुभाइसँग हुन पुग्यो । द्रौपदी अर्जुनलाई मात्र प्रेम गर्थिन् कि रु अझ कर्णलाई पनि मन पराउँथिन् कि रु साँच्चै उनका पाँच पति थिए त

वनवासमा रहँदा अर्जुनले ब्राह्मणको भेष बनाएर द्रौपदीलाई स्वयंबरमा जितेका थिए । प्रतिबिम्बमा हेरेर माछाको आँखामा निशान लगाउने परीक्षा जितेपछि द्रौपदी अर्जुनकी भइन् । तर अर्जुनका दाइ युधिष्ठिरले पहिला आफ्नो विवाह हुनुपर्ने बताए । अनि राजकुमारी द्रौपदी सबै पाण्डव भाइको पटरानी हुनुपर्ने पनि भने ।द्रुपदले यस्तो बहुपतिमा आपत्ति उठाएपछि वेदव्यासले उनलाई द्रौपदीको पूर्वजन्मका बारेमा सम्झाएर राजी गराए । पूर्वजन्ममा भगवान् शिवसँग हडबडाएर पाँच वर मागेका कारण द्रौपदीले पाँच पति पाउने रहस्य रहेको वेदव्यासले सम्झाए ।

पाँचै पाण्डवले फरक फरक दिनमा द्रौपदीको पाणिग्रहण गरे । पछि पाँचै पाण्डवबाट द्रौपदीले एक एक वर्षको अन्तरालमा एक एक पुत्र जन्माइन् । युधिष्ठिरको प्रतिविन्ध्य, भीमसेनको सुतसोम, अर्जुनको श्रुतकर्मा, नकुलको शतानीक र सहदेवको श्रुतसेन नामक छोरो जन्मिए ।पाण्डवहरूले अन्य पत्नीसँग पनि विवाह गरेका थिए र उनीहरूबाट पनि सन्तान जन्माएका थिए । तर सबैले द्रौपदीलाई नै महारानी मान्थे ।द्रौपदी कर्णप्रति आसक्त थिइन् भनी बंगाली उपन्यासकार चित्रा बनर्जी दिवकरुणीले द प्यालेस अफ इल्युजनमा कथा बनाएकी छिन् । कर्णले द्रौपदीलाई पाउन नसकेको पीडा द्युतसभामा अपमान गरेर शमन गर्न खोजे ।तर महाभारतलाई गहिरो अध्ययन गर्ने हो भने द्रौपदी कृष्णलाई मन पराउँथिन् भन्ने देखिन्छ ।