अमेरिकनको जीवन शैली !

प्रकाशित मिति:

सानुबाबु सिलवाल – अमेरिकनहरु सेन्सेटिभ हुन्छन बजारको फुडमा। हप्तौ दिनसम्म नुहाउदैन बरु, हत्तौ दिनसम्म लुगै धुदैनन। हप्तौ दिनसम्म एउटै लुगा लगाउदछन बरु। डुङ्गडुङ्गति गन्हाउने हुन्छन के महिला, के पुरुष। घरमा, बासमा दर्जनौ कुकुर र बिलारा पालिरहेका हुन्छन​। यिनका ओछ्यान​, भान्सा र सोफामा कुकुर र बिराला कुदिरहेका हुन्छन​, तिनै कुकुरले चाटेका खाना, तिनै बिलाराले चाटेका खानेकुरा खाइदिन्छन बरु। कुकुर र बिलाराले मुखैमा ओठैमा गालैमा चाटीदिन्छन तर तिनलाइ न त घिन लाग्दछ, न त फोहोरसङ्ग टाढै बस्लान बरु। गाडीमा, कारमा कुकुर र बिलारा सङ्गै हुन्छन बरु।

तर जब बजारमा खानेकुरा, चिजबिज किन्न जान्छन त्यतिबेला यिनले खानेकुरा मिति गुज्रेको वा एक्सपायर्ड छ कि छैन त्यो चाहि पहिलै ति सामानमा यिनका आँखा पुग्ने गर्दछ​। मानौ एकछिन चाहे दुधको गेलेन होस​, चाहे पाउरोटि होस​, चाहे चिज वा अन्डा होस, चाहे प्याकेटका मासु होस, या किनै पनि चिजको मिति गुज्रेकोमा यिनको आपत्ति मात्रै हुदैन उस्तै परे यिनले कम्पनिको बिरुद्दमा पब्लिक कमेन्ट लेखिदिने वा म्यानेजमेन्टसङ्ग कम्प्लेन गरिदिन रत्तिभर लगाउदैनन यिनले।

पुरा मुल्य तिर्न चाहदैनन त्यस्ता एक्सपायर्ड चिजहरुको। तर​, गज्जबको कुरा चाहि के छ भनेत्यहि सामान हाल्फ प्राइस वा मुल्यमा दियो, त्यहि सामान सित्तैमा दियो भने चाहि कुम्ल्याइ नै हाल्छन​। बडो सेन्सेटिभ छ यिनका मनमष्तिस्क​। मार्केटको भाउ, मार्केटमा प्राप्त गर्ने चिज​, ति चिजमा आफुले पुर्ण मुल्य हाल्दा ति सामान, बस्तु वा चिज गुणस्तरिय अबस्थामा छ कि छैन​? त्यो सामानको अबस्था ड्यामेज वा एक्सपायर्ड छ कि छैन​? ति सामानको मुल्य कति तिर्दै छु? ति सामानको भाउमा डिस्काउण्ट वा डिल छ कि छैन भन्नेमा अमेरिकन उपभोक्ताहरु एकदमै सेन्सेटिभ अर्थात सजक छन​। मतलब आफ्ना उपभोगको अधिकारमा अभ्यस्त एबम जानकार छन भन्दा भयो।

रेष्टुरेन्ट ग​ए खान​, खानामा रौ फेला पर्यो, खानामा अखाध्य चिज भेटियो, उक्त खानाबाट फुड पोइजन भयो, उनका शरिर र स्वास्थ्यमा गम्भिर असर पर्यो भने तिनले कम्पनि, उक्त रेष्टुरेन्ट मालिक एबम ब्यबस्थापनका बिरुद्द कानुनि लडाइ अर्थात सु गरिदिन्छ र यसका बदला कम्पनिले हजारौ, लाखौ डलर तिर्नु पर्ने हुन्छ र उस्तै परे कम्पनि खारेज हुने, निलम्बनमा पर्ने, जरिवानामा पर्ने हुन्छ​। कानुन कडा छ र जो कोहिलाइ पनि फुडमा तलमाथि गर्ने र मानिसको जनस्वास्थ्य एबम पर्याबरणमा प्रभाव पार्ने हुनुहुदैन त्यसको मतलब ठुलो नोक्सानि ब्यहोर्नु पर्ने हुन्छ​। ब्रान्डमा, उत्पादनमा, बिक्रि बितरणमा वा सेवामा उपभोक्तालाइ असर पुग्ने काम गरे नराम्रो म्यासेज जाने र यसबाट अमेरिकन उपभोक्ताहरुले उपभोगमा बहिष्कार गरिदिन्छन त्यसको मतलब साहु, ब्यबस्थापन वा उत्पादक डुब्यो भनेर जान्दा हुन्छ​। यस्ता क्षतिबाट बच्न​, आफ्ना सेवा, सुबिधा, उत्पादन र बिक्रिबाट उपभोक्तालाइ असर परेमा, हानि पुगेमा कथमकदाचित उनिहरुले कानुनि ल सुट गरेमा वा सु गरेमा यस्तो अबस्थामा बिमा कभरेज हुने गर्दछ​।

केहि उपभोक्ताहरु अनेष्ट अर्थात इमान्दार हुदैनन​। सामान किन्न जादा, भवन भित्र पस्दा, स्टोर वा कार्यालय भित्र पस्दा वा कुनै पनि सेवा प्रदान गर्ने वा ब्यबसायिक सघ सस्थाका पर्पर्टी मै बाहिर वा भित्र पानि परेको, कुनै सिसा झरेको देखेमा जानाजान चिम्लिदिन्छन र लडेर शरिरको उपचार मात्रै नभएर ज्यानको क्षति सहितको क्षतिपुर्ति स्वरुप सु गरि लाखौ लाख​, हजारौ हजार डलरको सु गरिदिने गर्दछन​। कुनै चिज हाइजेनिक देखेनन​, उक्त चिजबाट स्वास्थ्यमा असर देखिने भयो वा कम्पनिले प्रचार प्रसार गरे बमोजिम सेवा नभेटेमा पनि अमेरिकन उपभोक्ताहरुले लाग पाउने र सु गरिदिन्छन र रकम दावा गरिदिन्छन​।  मुख बजार्न​, अधिकारका कुरा गर्न​, कानुनका कुरा गर्न​, आफ्ना अधिकार खोज्न र लिन अमेरिकन जति सिपालु र सजक एबम एक्टिभ अन्त खोज्न जानै पर्दैन​।