बिहीबारको दिनमा यस्ता क्रियाकलाप गर्नाले मनोकामना पुरा हुनुको साथै सुख,शान्ति संबृद्धी प्राप्त हुने

प्रकाशित मिति:

ज्योतिष शास्त्रमा वृहस्पति ग्रहलाई भाग्यको कारक ग्रह मान्ने गरिन्छ र बिहिवारको दिनमा वृहस्पति ग्रह बलियो बनाउन विभिन्न उपाय अपनाईन्छ। साथमा यो दिनमा भगवान बिष्णुको पनि विशेष पुजा गरिन्छ। जुन मानिसले भगवान बिष्णुको पुजा गर्छ उ संग महालक्ष्मी प्रसन्न भएर घर-परिवारमा सुख-समृद्धि छाउछ।

१. बिहिवार सुर्य उदाउनु भन्दा पहिले उठ्नुस र नुहाएर चोखो मनले भगवान बिष्णुको लागि घ्यु हालेर दियो बल्नुस !

२. बिहिवारको दिन केराको बोट मुनि दियोमा बत्ति बाल्नुस, गरिब बच्चाहरुलाई केरा दान गर्नुस् !

३. गुरु वृहस्पतिको मुर्ति अथवा फोटोमा पहेंलो कपडामा राखेर पुजा गर्नुस् ! पुजामा केशरी,चन्दन, पहेंलो चामल, पहेलो फुल र प्रशादको लागि पहेंलो परिकार अथवा फलफुल चडाउनुस !

४. बिहिवारको दिन पहेलो कपडा लगाउनुस र नुन नभएको खान खनुस ! भोजनको लागि पहेंलो परिकार जस्तै बेसनको लड्डु, आप, केरा राख्नुस् !!

५. ऊँ वृ वृहस्पते नम: यो गुरु मन्त्रको जप कम्तिमा पनि १०८ पटक गर्नुस् !!

६. बिहिवार पुजा गरिसकेपछि केसरिको टिका लगाउनुस र दिनको सुरुवात गर्नुस् !!

७. हरेक बिहिवार शिब जी लाई बेसनको लड्डुको भोग लगाउनुस, यस्तो गर्नाले वृहस्पति ग्रहको दोष टाढा हुन्छ। बिहिवार वृहस्पति ग्रहको लागि ब्रत बस्नुस् !!

८. वृहस्पतिसँग जोडिएका पहेंलो बस्तुहरू जस्तै: सुन, बेसार, चनाको दाल, आप आदि गरिबहरुमा दान गर्नुस् !!!

विहीबारको दिन भुलेर पनि गर्नै नहुने यी पाँच (५) काम – विहीबारलाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । विहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । तर विहीबार केही काम गर्न भने निषेध गरिएको छ ।

यहाँ विहीबार गर्न नहुने भनेर उल्लेख ५ कुराको चर्चा गरिएको छ:

१. लक्ष्मीको मात्र पुजा विहीबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ । यसले पति पत्निबीचको सम्बन्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ ।

२. कपाल नुहाउनु हूँदैन शास्त्रा विहीबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले विहीबार कपाल नुहाउनु अशुभ मानिन्छ । महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिकोरुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ । विहीबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ ।

३. रौं काट्नु हुँदैन विहीबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ । विहीबार रौं काट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।

४. दारी काट्ने वा नङ काट्ने विहीबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । यस्ता कार्य विहीबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुने शास्त्रमा उल्लेख छ । विहीबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि विहीबार नगर्नु नै उत्तम हुन्छ ।

५. भारी कपडा धुनु र फोहोर हुँदैन विहीबारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन । विहीबारको दिन ठूला ठूला कपडा धुँदा अशुभ हुने मानिन्छ । बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । विहीबारमा घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ । घरको सरसफाइ सकेसम्म विहीबार नगर्नु नै राम्रो हुन्छ ।

मानिसहरुमा विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । ज्योतिष श्रीमती ज्योतिमा शर्माले मंगलबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः

१. बिहीबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।

२. मानिसहरुलाई निकै इज्जत गर्छन्, त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुन्छन् ।

३. सफा र स्वच्छ विचारधाराका हुन्छन् ।

४. भित्र नेतृत्व गर्ने गुण हुन्छ, त्यसकारण जुन क्षेत्रमा काम गर्छन्, त्यहाँको उच्च पद अवश्य हाँसिल गर्छन् ।

५. निकै मेहनत गर्छन् र आफ्ना सामान हरु अाफैले भनेकाे ठाउँमा हाेस् भन्ने चहान्छन् ।

६. स्वतन्त्रता मन पर्ने भएका कारण बन्धनमा बस्न चाहन्छन् ।

७. चाँडै नै मानिसहरुलाई विश्वास गर्छन् जसकाे प्रतिफल भोग्न पर्छ ।

८. धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम हुन्छन् ।

९. स्टेट फरवार्ड हुन्छन् र सुन्दरताको प्रिय हुन्छन् ।

१०. बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनीहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुनेछ ।

११. स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन्, जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।

१२. बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् बिहिबार जन्मेका व्यक्तिको भाग्य र स्वभाव बारेमा जान्नुहोस

यहाँ विहीबार गर्न नहुने भनेर उल्लेख ५ कुराको चर्चा गरिएको छ:

१. लक्ष्मीको मात्र पुजा – विहीबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ । यसले पति पत्निबीचको सम्बन्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ ।

२. कपाल नुहाउनु हूँदैन – शास्त्रा विहीबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले विहीबार कपाल नुहाउनु अशुभ मानिन्छ । महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिकोरुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ । विहीबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ ।

३. रौं काट्नु हुँदैन – विहीबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ । विहीबार रौं काट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।

४. दारी काट्ने वा नङ काट्ने – विहीबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । यस्ता कार्य विहीबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुने शास्त्रमा उल्लेख छ । विहीबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि विहीबार नगर्नु नै उत्तम हुन्छ ।

५. भारी कपडा धुनु र फोहोर हुँदैन – विहीबारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन । विहीबारको दिन ठूला ठूला कपडा धुँदा अशुभ हुने मानिन्छ । बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । विहीबारमा घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ । घरको सरसफाइ सकेसम्म विहीबार नगर्नु नै राम्रो हुन्छ ।