आफ्नो घरमा धन सम्पती भरीराश होस भन्न चाहानुहुन्छ भने घरमा यस्ता सामाग्री कहिल्यै नराख्नुहोला

प्रकाशित मिति:

घरमा केहि यस्ता सामानहरु हुन्छन जसलाई न त प्रयोगमा ल्याउन नै सकिन्छ न त फाल्न नै मन लाग्छ। वास्तुशास्त्रका अनुसार हरेक निर्जीव वस्तुमा नकारात्मक उर्जा हुने गर्छ। जसले परिवारमा नकारात्मक प्रभाव पर्ने र परिवारको उन्नति प्रगतिमा बाधा उत्पन्न गर्ने काम गर्दछ। त्यसैले घरमा टुटे फुटेका त्यस्ता केहि सामानहरु छन भने तुरुन्तै विस्थापन गरि हाल्नुहोस। वास्तुशास्त्रका अनुसार घरमा फुटेका , टुक्रिएका सामान र निर्जीव बस्तुलाई देखेर माता लक्ष्मी रिसाउने र घरमा आर्थिक समस्या देखिनाका साथै सौभाग्य प्राप्त नहुने बिश्वास गरिन्छ।

-पर्स या सेफमा पैसा राख्नु भन्दा पहिले यो कुरामा ध्यान आवश्यक छ कि च्यातिएको पर्स र फुटेको पर्समा कहिल्यै पनि लक्ष्मीको वास हुदैन। पैसा राख्ने स्थान पर्स या सेफमा लक्ष्मी माता अंकित तस्बिर , पुजाको सुपारी तथा कुबेर यन्त्र राख्नाले शुभ फल प्राप्त हुने मान्यता रहेकोछ।

-घरमा भाँचिएको फर्निचर राख्नाले धन तथा उन्नतिमा हानि हुन्छ। साथै यसले परिवारका सदस्यका स्वास्थ्य सम्बन्धी विभिन्न समस्या समेत निम्त्याउने गर्छ। यसरी काठको सामान्य भाँचीएको खण्डमा तुरुन्तै बनाईहाल्नु आवश्यक रहेको छ।

– घरमा कहिल्यै पनि टुटे फुटेका या गैर आवश्यकीय सामग्री भुलेर पनि राख्नु हुदैन।यसले घरमा वास्तु दोष उत्पन्न गर्दछ , जाको प्रभावले घरमा लक्ष्मीको प्रवेश हुन दिदैंन। विशेषगरी घरमा काँचका फुटेका सामग्री त सकेसम्म राख्नु हुदैन।