किन स्थगित भयो सरकारको नियमित पत्रकार सम्मेलन ?

प्रकाशित मिति:

काठमाडौं – सरकारले हरेक बिहीबार गर्दै आएको पत्रकार सम्मेलन आज (बिहीबार) स्थगित गरेको छ । प्रधानमन्त्री केपी ओली मुलुकबाहिर रहेकाले मन्त्रिपरिषद् बैठक नबसेकाले आजको पत्रकार सम्मेलन स्थगित गरिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ट्विट गरी आज हुने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको जनाएका हुन् । ‘‘सम्माननीय प्रधानमन्त्रीज्यूको विदेश भ्रमणका कारण अघिल्लो मन्त्रिपरिषद् बैठक नबसेकाले प्रत्येक बिहीबार हुँदै आएको पत्रकार सम्मेलन आज स्थगित भएको सबैमा जानकारी गराउँदछु’’ उनले भनेका छन् ।

सम्माननीय प्रधानमन्त्रीज्यूको विदेश भ्रमणको कारण अघिल्लो मन्त्रीपरिषद बैठक नबसेकोले प्रत्येक विहीबार हुँदै आएको पत्रकार सम्मेलन आज स्थगित भएको सबैमा जानकारी गराउँदछु। — Gokul Prasad Baskota (@GokulPBaskota) May 16, 2019