कञ्चनमा जेष्ठ महिलाको झुण्डिएर मृत्यु

२ जेष्ठ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
44 Shares


कञ्चन जिल्ला रुपन्देही कञ्चन गाउपालिका वार्ड नं। ३ स्थित झारगैरामा एक जना जेष्ठ महिलाको झुण्डिएर मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थान बस्ने ६० बर्षिय लक्ष्मी खत्री भएको इलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ।

छिमेकी एक जना बालकले खत्रीको घर तिर जाने क्रममा आफ्नै घरको पालीमा रहेको डाडोमा डोरीले पासो लगाई झुण्डिएको देखेपछि स्थानियहरुले प्रहरी प्रशासनलाई खबर गरि आवस्यक अनुसन्धान तथा पोष्टमार्टमकको लागि लुम्बिनी अञ्चल अस्पताल,बुटवल पठाइएको इलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ।श्रीमान गएको ६ महिना अगाडी नै आफ्नै काल गतिले मृत्यु भैसकेको र दुइ छोरा एक छोरी मध्ये जेठो छोरो भारतमै रहेको र कान्छो छोरो घर नजिकै मलावरदेबीमा होटल संचालन गर्दै आएका छन भने एकमात्र छोरीको पनि भारतमै बिबाह भएको र निज खत्री श्रीमानको मृत्यु पश्चात घरमा एक्लै बस्दै आएका थिए ।मधुमेहका बिरामी खत्रीको गए सांझ करिब ८।३० बजेको समयमा सो घटना भएको इलाका प्रहरी कार्यलय रुद्रपुर जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डिभीको रिजल्ट आज आउँदै, यसरी हेर्नुहोस् रिजल्ट
  • राप्तीमा पहिलो बौद्ध गुम्वाको शिलान्यास
  • कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आकर्षक स्वास्थ्य केन्द्र बनाउने…
  • कोभिड १९ राहत कोषमा ४० लाख ४३ हजार संकलन
  • स्वास्थ्यकर्मीमाथी भएको आक्रमण तथा दुव्र्यवहार प्रति दुख व्यक्त
  • बिश्व बाताबरण दिवसको सन्दर्भमा कञ्चन जेसिजद्धारा बृक्षारोपण
  • पेखु ठानामा चक्लाबन्दी खेती अन्तर्गत सुन्तला, कागती रोपियो
  • कोरोना विशेष देउखुरी आईसुलेसन केन्द्र मौरिघाट स्थापना हुने
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाद्वारा नि:शुल्क शुद्व तरकारीहरु, फलफुल र…
  • मानव अधिकार निगरानी समूहद्वारा क्वारेन्टाइन अवलोकन