रेसुङागा नगरपालि४ मा द्वारा १ दिने अन्तरक्रिया तथा परिचयपत्र बितरण कार्यक्रम सम्पन्न

२ जेष्ठ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
38 Shares


मनोज कार्की , गुल्मी रेसुङगा नगरपालिका द्वारा रेसुङागा वडा नम्बर ४ अर्खले वडा कार्यलयमा ज्येष्ठ नागरिक सम्बन्धि सरोकारवाला बिच एक दिने अन्तरक्रिया तथा परिचयपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जेष्ठनागरिकहरुले खानेपानी ,बाटो, विद्युत,अस्पताल ,यातायात लागाएतका विषयका गुनासा राखेका थिए ।

नेपाल सरकारले सबिधानमा ब्याबस्था गरेको र रेसुङागा नगरपालिकालाई अधिकार दिए लगत्तै वडा न ४ का जेष्ठनागरिकलाई परिचय पत्र बितरण गरिएको र परिचयपत्र भएका जेष्ठनागरिकहरुलाइ यातायातमा केही प्रतिशत छुट, अस्पतालमा उपचार गर्दा ५० प्रतिशात छुट हुने लगाएतका विषयमा कार्यक्रमका प्रमुख अतिथि रेसुङा नगरपालिका प्रमुख डिल्लीराज भुसालले जानाकारी दिनुभएको थियो ।

६० बर्ष पूरा भएका वडा नम्बर ४ का ९० जना जेष्ठनागरिकहरुले परिचयपत्र पाएका छ्न । जनता गुनासा सुन्ने वडा कार्यलय सक्ने भए वडा बाट गर्ने र नसक्ने माथिल्लो तहलाई सिफारिस गरि माथि पठाउने लगाएतका कुरा वडा न ४ का वडाअध्यक्ष बिजय कुमार मरासिनी ले बताउनु भयो ।
कार्यक्रममा बोल्दै नगरपालिका उप प्रमुख सीता भण्डारी जेष्ठ नागरिक का गुनासा सुनेको र समस्या हरुलाइ जति सक्दो छिटो हल गर्ने यश पालिको अन्तरक्रिया देखिएका समस्या अर्को कार्यक्रम हुने समय सम्म समस्या समाधान गर्ने दाबी गर्नुभयो ।जेष्ठ नागरिकलाई सम्मान होइन अब त माया ममता चाहिएको पनि उप प्रमुख भण्डारीले बताउनु भयो । कार्यक्रममा जेष्ठनागरिक ९० जनाको उपस्थित रहेको थियो ।कार्यक्रमको संचालन साहयक महिला निरीक्षक पबित्रा पाण्डे गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया