रुपन्देहीको सिद्धार्थनगर नगरपालिका शंकरपुर नाकामा गोली चल्यो

प्रकाशित मिति:

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका शंकरपुर नाकामा गोली चलेको छ । भारतीयहरुको आक्रमणमा परी ३ जना प्रहरी घाइतेसमेत भएका छन् ।

बिहीबार भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । प्रहरीले पक्राउ गर्न खोज्दा गुहार मागेपछि भारतीयहरु नेपाली सीमा क्षेत्रमा प्रवेश गरेर प्रहरीलाई आक्रमण गरेको प्रहरीको भनाई छ । यहि क्रममा प्रहरीले एक जना भारतीयलाई भने पक्राउ गर्न सफल भएको छ । प्रहरीले भारत महाराजगंज फरेनाका अन्दाजी ५२ वर्षीय झिनक धोबीलाई हतियारसहित पक्राउ गरेको हो । धोबीको साथबाट मेड इन युएसए लेखेको १ थान अटोमेटिक पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।सादा पोशाकका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको रुपन्देही प्रहरीको भनाई छ ।