सबैभन्दा तिब्रगतिको बुलेट ट्रेनको परीक्षण

प्रकाशित मिति:

टोक्यो एजेन्सी -जापानले विश्वकै सवैभन्दा तिब्र गतिको नयाँ शिन्कानसेन बुलेट टेनको परिक्षण शुरु गरेको छ । यो रेल ४ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्ने बताइएको छ ।

यसको नाम अल्फा एक्स राखिएको छ । सुरुंगमा हावाबाट आउने अवरोध हटाउन यसमा विशेष प्रविधिको प्रयोग गरिएको छ । यसको अगाडीको गाडीमा २२ मिटर नोज लगाइएको छ । यो रेल सन् २०३० को वरिपरी सन्चालनमा आउने अपेक्षा गरिएको छ । यसको परिक्षण ३ बर्षभन्दा लामो समय सम्म चल्ने छ र यसको सुरुवाट गत शुक्रबारबाट गरिएको छ । यो रेल चीनको बेइजिङ र सांघाइलाई जोडने चर्चित रेल फुक्सिंग होआको तुलनामा १० किलोमिटरले बढी तिब्र गतिको हुने छ ।

यो रेलको परीक्षण जापानको सिदाइ र ओमोरी सहरबीच हुने छ । दुबै बीच २ सय ८० किलोमिटर दुरी रहेको छ । परीक्षण हप्ताको दुई पटक हुने छ । अर्को एउट रेल सिन्कानसेन एन ७०० एको परीक्षण जारी छ, जसको सुरुवाट एक बर्ष अगाडी भएको थियो । यसको अधिकतम गति ३ सय किलोमिटर प्रतिघन्टा भएको दावी गरिएको छ । नयाँ बुलेट ट्रेन निलो सिल्भर बडीको हुनेछ । रेलको गति कम गर्ने परम्परागत बे्रकसँगै म्याग्नेटिक प्लेट्स हुनेछ । यसमा सन्तुलन र सुहजताका लागि डेम्पर र एयर सस्पेन्सन हुने छ ।