गर्मीमा स्वस्थ रहन सेवन गर्नुहोस् यी तरकारी

प्रकाशित मिति:

एजेन्सी -हरेक मौसममा खानेकुरामा एकदमै ध्यान दिन जरुरी छ । मौसम अनुसारको खानेकुरा मिलाएर खाएमा स्वस्थ रहन ठूलो सहयोग पुग्छ ।मौसम एकै किसिमको हुँदैन । कहिले गर्मी र कहिले जाडो भइरहन्छ । मौसम अनुसारको खानेकुरा सेवन गर्दा तन्दरुस्त रहन सकिन्छ । गर्मीमा हाम्रो पाचन शक्ति कमजोर हुन्छ । त्यसैले यो मौसममा धेरै मसला भएको , तारेको खानेकुरा खाएमा विरामीको सिकार बन्न पुग्छ ।

धेरै फुड प्वाइजनको समस्या हुने समय पनि यो गर्मी मौसम नै हो । गर्मीमा हल्का पचाउन सकिने खालको खानेकुरा खानु पर्छ। गीर्मीमा लौका , प्याज, गोलभेडा, करेला,हरियो सागपात,फर्सी, लगायतका तरकारी खानु आवश्यक छ । जसले हाम्रो पेटलाई सफा राख्न मदत गर्छ ।एक अध्ययनका अनुसार लौकामा करिब ९६ प्रतिशत पानी हुन्छ । जसले कलेजो स्वस्थ राख्छ । क्यालोरी कम हुने हुँदा पचाउन सजिलो हुन्छ । प्याजमा भिटामिन सी, भिटामिन बी ६ र म्याङगनिज, क्याल्सियम, आइरन, फोलेट, लगायतका थुप्रै तत्वहरु हुन्छन् । काँचो प्याज खानाले लू लाग्दैन ।

गर्मीमा करेला स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसको सेवन गरेमा पचाउन सहज हुन्छ । यसमा भिटामिन, प्रोटीन, क्याल्सियम जस्ता धेरै तत्वहरु पाइन्छ । करेलाले पाचनशक्ति मजबूत पार्छ ।रायोको सागमा भिटामिनहरु पाइन्छ । जसले स्वस्थ बनाइ राख्छ । यसले शरीरका विकार पदार्थलाई बाहिरा निकाल्ने गर्छ। हरियो सिमीमा पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइने भएकाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ ।गोलभेंडा खाएमा धेरै प्रकारका रोगबाट मूक्त हुन सक्छ । भिटामिन ए र सी, फोलेट, पोटासियम लगायतका तत्वहरु पाइन्छ । फर्सी खाएमा शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्छ ।डाक्टरहरुको अनुसार सागसब्जी तथा सलाद पनि सफा पानीले पखालेर खानुपर्छ ।