प्रेमको मामलामा सधैं सफल हुन्छन् यी चार पुरुष

प्रकाशित मिति:

एजेन्सी -ब्रेकअफको सिलसिला आजकल धेरै सामान्य भइसकेको छ । तपाईकै सार्थी सर्कलमा धेरै त्यस्ता व्यक्ति होलन्, जसको एक वा एकभन्दा बढीसँग ब्रेकअफ भएको होस् ।गर्लफ्रेन्ड–ब्वाईफ्रेण्डको ब्रेकअफ हुनु त सामान्य नै हो । किनकी यसमा कुनै बाचा–बन्धन या समर्पण हुँदैन् । तर विवाहजस्तो मजबूत सम्बन्ध पनि छिनभरमै टुट्न लागेका छन् । सात जन्मको कसम खाए पछि पनि मासिनहरु सात महिला या सात वर्ष पनि साथ निभाउन मुश्किल मानिरहेका छन् ।

तर यस्तो किन रु एक पुरानो भनाइ छ, ‘मानिस प्रेममा अन्धो हुन्छ ।’ प्रेमका कारण मानिस सही र गलतजस्ता कुरालाई सम्झिन सक्दैन् र प्रेमलाई विवाहमा परिणत गर्न खोज्छ । तर विवाहका लागि आवश्यक आधार भने बनाउ सक्दैन ।आचार्य चाणक्यले यस्ता केही कुराहरु बताएका थिए, जसले सम्बन्ध टुट्नबाट बचाउँछ । चाणक्यले पुरुषलाई ४ प्रकारमा व्याख्या गर्दै उनीहरु प्रेममा सधैं सफल हुने बताएका थिए ।

स्त्रीलाई सम्मान गर्ने पुरुष
यस्ता पुरुष जो सधैं स्त्रीलाई सम्मानको नजरबाट देख्छन् । प्रेमिका होउन् या पत्नी, यदि उनलाई सम्मान दिन्छन्, उनको महत्वलाई सम्झिछन् भने त्यस्ता पुरुषको सम्बन्ध कहिल्यै टुट्दैन ।

पराई स्त्रीलाई स्पर्श नगर्ने
यो गुण सबैभन्दा सर्वोपरी हो, जो पुरुष आफ्नी प्रेमिका या पत्नीको अलावा कुनै पनि अन्य स्त्रीलाई वासनाको नजरले हेर्दैनन्, कुनै पनि पराई स्त्रीप्रति आकर्षित हुँदैनन् , उनी आफ्नो सम्बन्धलाई जोगाउन हरेक अवस्थामा तयार हुन्छन् । र सक्षम पनि हुन्छन् ।

सुरक्षाको महशुष
जो पति या प्रेमी आफ्नो साथीलाई सुरक्षाको महशुष गराउँछन् उनीहरु प्रेमको मामलामा कहिल्यै हार्दैनन् । यस्तो पनि भनिन्छ कि, हरेक स्त्री आफ्नो पतिमा आफ्नो पिताको छायाँ देख्छिन् । यदि तपाई उनीसँग सुरक्षात्मक व्यवहार गर्नुहुन्छ भने उनी निश्चिन्त भएर तपाईको साथमा रहनेछिन् ।

शारीरिक शुख
वैवाहिक सम्बन्धमा शारीरिक शुख र सन्तुष्टिको आवश्यकता पर्छ । यसरकार जो पुरुषले भौतिक र भावनात्मक शुखसँगै आफ्नो जीवनसाथीलाई शारीरिक सुख र सन्तुष्टि प्रदान गर्छन्, उनकी पत्नी तथा प्रेमिका सधैं पसन्न रहन्छिन् । जसले सम्बन्ध प्रगाढ रहन्छ ।