कुलमानको आक्रोसः एक दिन काम रोकिए तपाईंलाई थुनिदिन्छु भिडियोसहित

प्रकाशित मिति:

काठमाडौं । नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘कुल म्यान’ पनि भनिन्छ । न उनी खुलेर हाँस्छन्, न उतिसारो रिसाउँछन् । अर्थात सँधै ‘कुल’ ।तर, नुवाकोटको पैरबेसीमा बिहीबार कुलमानको फरक रुप देखियो । प्राधिकरण प्रमुख घिसिङ त्रिशूली थि ‘ए’ आयोजनाको उत्पादन सुरुआत गर्न बिहीबार नुवाकोट र रसुवाको सीमा क्षेत्रमा पुगेका थिए । त्यहाँ पुग्दा त नुवाकोटको पैरबेसी भन्ने स्थानमा निर्माणाधीन त्रिशूली ‘बी’ हब स्टेशनको निर्माण स्थानीयले नियतबस रोकेको थाहा पाए ।

सबस्टेशनको निर्माण रोकिन नहुने भन्दै घिसिङ निर्माणस्थलमा पुगेका थिए । प्राधिकरण प्रमुख आएको थाहा पाएपछि स्थानीय पनि जम्मा भए ।यो सब स्टेशन त्रिशूली नदी किनारको नुवाकोटतर्फ पर्ने क्षेत्रमा बनिरहेको छ । तर, २ दिनदेखि रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ४ का स्थानीयबासीको नाममा अवरोध भइरहेको थियो ।त्रिशूली नदी किनारमा सब स्टेशनको सुरक्षाका लागि पर्खाल लगाउँदा विरोध भएको थियो । आयोजनाले रसुवातर्फ पनि ५ सय मिटरको पर्खाल निर्माण गरिसकेको छ । खाल्डो खनिसकेपछि पनि स्थानीयको माग अनुसार १३ मिटर पछाडि सारेर सबस्टेशनतर्फको किनारमा पर्खाल निर्माण थालिएको थियो । तर, निर्माण अगावै सबस्टेशन राख्न सहमति जनाएका रसुवातर्फका स्थानीयको नाममा अवरोध भयो ।

बिहीबार पनि प्राधिकरण प्रमुख आएको थाहा पाएपछि स्थानीय शिवप्रसाद भट्टराई र जानुका थापा नेतृत्वको समूह आइपुगे । उनीहरु सबस्टेशन अझै माथि लगेर निर्माण गर्न भन्दै चर्को स्वर निकाले ।घिसिङले सब९स्टेशन निर्माण गर्दा स्थानीयको जग्गा र घरको सुरक्षाका लागि पर्खाल लगाउने काम भएको र बाँकी कामको लागि बसेर छलफल गर्न सकिने बताए । उनले सबस्टेशन निर्माणको नरोक्न आग्रह गर्दै स्थानीयको मागमा आफू गम्भीर रहेको बताए ।तर, जनताको माग पनि सुनुवाई हुनुपर्‍यो भनेपछि ‘कुलम्यान’ कुलमान रिसाए । भट्टराईको नेतृत्वकै उपभोक्ता समितिमार्फत रसुवातर्फ सुरक्षा पर्खाल लगाइएको स्मरण गराउँदै फेरि थप माग किन भने प्रश्न गरे । उनले भट्टराईलाई सोधे, तपाईको जग्गामा काम गरेको छ रु’

भट्टराईले आफूहरु विकास विरोधी नभएको तर, जनताको माग सम्बोधन हुनुपर्ने बताए । कुलमानले भने, ‘तपाईको माग भन्नुस् न, जनताको होइन । जनताको माग समाधान गर्छौं हामी भट्टराई आफैं रसुवातर्फको पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष हुन् । उनले जनताको नाम लिँदै नाजायज मागहरु राख्ने गरेको आयोजनाका अधिकारी बताउँछन् । बिहीबार पनि उनले जनताको माग भन्दै थप माग तेस्र्याएका थिए ।आयोजनाका कर्मचारीहरुले यहाँ एक दिन काम रोकिँदा करोडौं क्षति हुने बताए ।त्यसमा थप्दै कुलमान कड्किए, ‘एक दिन कसैले रोक्यो भने तपाईंलाई समातेर थुनिदिन्छु ।’कुलमानले भट्टराईलाई हाराबारा बनाएपछि पछाडिबाट जानुका थापा जनताको माग सुन्नुस् भन्द कराइन् । कुलमानले काम गर्न दिनुस्, जनताका माग सम्बोधन गर्ने बताएपछि उनले काम नरोकेको बताइन् ।रसुवाली जनताले सधैँ सहयोग गरेको भन्दै कुलमानले स्वार्थ समूहले महत्वपूर्ण आयोजनामा अवरोध पुर्‍याएमा कानूनी उपचार खोज्ने बताएका छन् ।हाल पैरेबेसी पारीको रसुवाली बस्ती भूकम्प त्यसपछि जोखिमयुक्त भनेर घोषणा भएको छ । पुनर्निर्माण प्राधिकरणले तत्कालै बस्ती स्थानान्तरण गर्नुपर्ने सूचीमा राखेको छ ।तर, यही बस्तीको नाममा चिलिमे र त्रिशूली नदीका बेसिनमा निर्माण भइरहेका आयोजनाको विजुली एकीन गरी काठमाडौं ल्याउन सकिन गरी निर्माण भइरहेको सब९स्टेशनमा अवरोध भएको छ ।करिब ६ सय मेगावाट विजुली आपूर्ति गर्ने उद्देश्यसहित बनिरहेको सब स्टेशनको निर्माणमा ढिलाइ भए निर्माणाधीन रसुवागढी, माथिल्लो सान्जेन र सान्जेनको करिब १७० मेगावाट विजुली खेर जान्छ ।त्यसैले कार्यकारी निर्देशक घिसिङले एकदिन पनि नरोकी यो सबस्टेशन निर्माण गर्न पहल र ताकेता गरेका छन् । तर, रसुवातर्फका स्थानीयको अवरोध भएपछि पटक९पटक समस्या भएको आयोजनाका अधिकारीहरु बताउँछन् ।

अनलाइन खबर बाट

थप समाचार