कपिलवस्तुकी ६ बर्षिय ग्रीष्मालाई बचाउन सहयोगको अपिल

प्रकाशित मिति:

कपिलवस्तु । कपिलवस्तुको तौलिहवाकी ६ बर्षिय बालिकाका लागि बोन म्यारो ट्रान्सप्लान्टका लागि उनका आमाबाबुले सहयोगको अपिल गरेका छन् ।हाल तौलिहवा बस्दै गरेकी कपिलवस्तु बुद्धभुमि नगरपालिका ३ टाँकु निवासी शोभाखर खनालका छोरा बुहारी श्रीधर खनाल र रेखा अधिकारीकी ६ बर्षिय छोरी ग्रीष्मा खनाललाई बोन म्यारो ट्रान्सप्लान्ट गर्नु परेको हो ।

जन्मेको ३ महिना देखि नै आफ्नो शरीरमा रगत नबन्दा अरुको रगतको सहारामा बाचेकी ग्रीष्मालाई हरेक महिना एक पाउण्ड रगत दिने गरिएको छ ।नेपालसहित भारतका बिभिन्न अस्पतालमा उनको उपचारका क्रममा डाक्टरहरुले बोन म्यारो ट्रान्सप्लान्ट गरेमा मात्र ठीक हुने भनेकाले उपचारमा करिब ५० लाख खर्च लाग्ने डाक्टरहरुले बताएका छन् । ५० लाख खर्च गर्ने आर्थिक अवस्था नभएकोले ग्रीष्माका आमा बुबाले उनलाई बचाउन सबैसँग सहयोगको अपिल गरेका छन् ।

सहयोगको लागि यस फोन नम्बरमा सम्पर्क गर्न या निम्न बैंक खातामा रकम जम्मा गरिदिनुहुन अनुरोध छ ।सम्पर्क फोन स् ९८४५१०८७२७ ९श्रीधर खनाल०, ९८४७२४४५३४ ९रेखा अधिकारीरकम सहयोगको खाता विवरण

रेखा अधिकारी
एभरेष्ट बैंक स् ०३८००५१७२०१९८४ ९ तौलिहवा शाखा