काम लगाईदिने बहानामा जबर्जस्ती गर्ने पक्राउ

प्रकाशित मिति:

कपिलवस्तु-कपिलवस्तु जबरजस्तीकरणीको आरोपमा प्रहरीले एक जानलाई नियन्त्रणमा लिएको छ । भारत सिद्धार्थनगर थाना उस्का बजार पोष्ट सोहास बजार बस्ने शम्भु प्रजापती पक्राउ परेका हुन ।

मुम्बई घर बताउने १५ बर्षकी किशोरीलाई काम लगाईदिने बहानामा भारतबाट नेपालको कृष्णनगरको एक होटलमा जबरजस्तीकरणी गरेको इलाका प्रहरी कार्यलयका निमित्त प्रमुख मान बहादुर बिशकर्माले जानकारी दिनुभयो ।सहारा कोहि नभएकी चेलीलाई राम्रो काम लगाइदिने र बैनी सरह बनाएर राख्ने बहानामा होटलमा ल्याई जबरजस्तीकरणी गरेपछि किशोरीले प्रतिकार गर्दा घटना बाहिर आएको थियो । स्थानीय, अफन्त नेपाल, प्रहरीको संयुक्त टोलीले उद्धार गरी कानुनी प्रकृया अगाडी बढेको आफन्त नेपालका संयोजक केश्वर बिशकर्माले जानकारी दिनुभयो ।पिडीत किशोरीको बास्तबिक ठेगाना समेत थाहा नभएको र आफन्त समेत पत्ता नलागेको हँदा हाल आफन्त नेपालको संरक्षणमा राखिएको संयोजक बिशकर्माले जानकारी दिनु भयो |