लमजुङका पत्रकारले सडकमै ल्यापटप र क्यामेरा राखेर बिरोध प्रदर्सन

प्रकाशित मिति:

लम्जुङ्ग -सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकविरुद्ध लमजुङका पत्रकार आन्दोलनमा उत्रिएका छन् । प्रेस स्वतन्त्रतालाई साँघुरो बनाउने गरी सरकारले कानुन बनाउन लागेको भन्दै सरकारको कदमका विरुद्ध देशभरका पत्रकारले सुरु गरेको आन्दोलनमा लमजुङका पत्रकारले पनि ऐक्यवद्धता जनाएका हुन् ।

विधेयकको प्रावधानमा विरोध जनाउँदै नेपाल पत्रकार महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघले आज शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । सोही अनुरुप लमजुङका पत्रकहरुहरुले सञ्चारसाधनसहित प्रदर्शन गरेका हुन् ।उनिहरुले सदरमुकामस्थित भिमसेनस्थान चोकमा आफ्नो ल्यापटप, क्यामेरा, भ्वाइस रेकर्डर लगायतका सञ्चार सामाग्री ‘डाउन’ गर्दै सरकारी कदमविरुद्ध सडकमा उत्रिएका हुन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने आफ्ना माग सम्बोधन नभएकाले आफूहरु थप आन्दोलित हुनुपरेको लमजुङ शाखाका अध्यक्ष आश गुरुङले जानकारी दिए । उनले विधेयक प्रेस स्वतन्त्रतालाई खुम्च्याउने खालको र पत्रकारमैत्री नभएको भन्दै विरोधमा आन्दोलन गर्नुपरेको बताए ।नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवीनराज कुइँकेलले समाचार लेखेकै भरमा पत्रकारले लाखौं रुपैयाँ जरिवाना तिर्नुपर्ने र जेल जानुपर्ने कानुन बनाउन खोजिनु दुखद् भएको तर्क गरे । यस्तै, प्रेस युनियनका अध्यक्ष ऋषि अधिकारीले सरकारले पत्रकारको घाँटी निमोठ्ने गरी ल्याउन लागेको कानुन मान्य नहुने बताए ।शाखाका पूर्व अध्यक्ष कृष्ण केसी, बरिष्ठ पत्रकार मिलन शर्मा दनाई, परमेश्वर अधिकारी, नवराज पहाडी लगायतले प्रेस स्वतन्त्रतामा अंकुश लगाउने सरकारका हरेक कदमको खुलेर विरोध गर्नुपर्नेमा जोड दिएका छन् ।शाखाका पूर्व अध्यक्ष कृष्ण केसी, बरिष्ठ पत्रकार मिलन शर्मा दनाई, परमेश्वर अधिकारी, नवराज पहाडी लगायतले प्रेस स्वतन्त्रतामा अंकुश लगाउने सरकारका हरेक कदमको खुलेर विरोध गर्नुपर्नेमा जोड दिएका छन् ।