गोपनियता चुहावटको छानबिन प्रकृया अघि बढेको छ डा : केशव पौडेल,अध्यक्ष, एनआरएनए अमेरिका

३ जेष्ठ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
37 Shares


अमेरिका । गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेलले सदस्यहरूको व्यक्तिगत गोपनीयता चुहावट सम्वन्धमा छानविन प्रक्रिया अगाडि बढेको बताएका छन् । बुधवार विज्ञप्ति जारी गर्दै अध्यक्ष पौडेलले दोषिलाइ कानुनी कारवाही हुने आश्वासन पनि दिएका छन् ।  पौडेलले जारी गरेको विज्ञप्ती

आदरणीय अमेरिकावासी एनआरएनप्रेमी दाजुभाई तथा दिदीबहिनीहरु,  नमस्कार । प्रवासी नेपालीहरुको साझा संगठन एनआरएनए अमेरिकाको सबलतामा तपाईं सम्पूर्ण महानुभावरुको लगाव प्रति अनुग्रहित छौं । अहिले हामीमाझ तथ्यपरक सुचनाहरुभन्दा ब्यक्तिगत हल्ला र अनर्गल प्रचारहरुको बाढी आएको छ । तर हल्ला र खबरहरुमा हामीले सत्यता खोज्नु जरुरी छ । अमेरिकाको कानुन अनुसार बिधीवत दर्ता भएको प्रवासी नेपालीहरुको सर्वप्रिय संस्था एनआरएनए अमेरिकाको नियमित प्रकृयालाई सुचारु गर्न र सो प्रकृयाको बैधानिक बाटोस्वरुप निर्वाचन गराउन सम्मानित अदालतले दिएको निर्देशन, बिभिन्न समितिहरुको अहोरात्रको मेहनतपछि अब निर्वाचन समितिको मातहतमा चुनाव गराउने एउटै जिम्मेवारी बांकी रहेको जानकारी गराउन चाहन्छु ।

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,

एनआरएनए अमेरिकाको शक्तिशाली साधारण सभाले निर्माण गरेको निर्वाचन समिती, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्नाका लागि गठित सुपरिवेक्षण समिती, सदस्यता भेरीफिकेशन समिती र पूनस् निर्वाचन समितिमा अन्तर्निहित ‘ब्यक्तिगत गोपनियताको विवरण’ अहिले एउटा दुस्ख लाग्दो पक्ष बनेको छ । कानुनको राज्य अमेरिकामा त्यो अपराध र अमान्य हो, यो कुरामा एनआरएनए अमेरिकाको कार्यसमिती र मेरो गहिरो ध्यान केन्द्रित भएको छ ।

एनआरएनए अमेरिका सत्यताको बाटोमा सदैव हिड्ने एउटा छाता संगठन भएकोले ‘ब्यक्तिगत गोपनियताका बिवरण’ गैरकानुनी रुपमा सार्वजानिक भएको बिषयमा हामीले गम्भिरताका साथ छानबिनका प्रकृया शुरु गरेको जानकारी गराउन चाहन्छु । कसैले गोपनियताको त्यो सुचना सार्वाजानिक गर्ने हर्कत र सौदाबाजी गरेको प्रमाण भए कृपया हामीलाई सुचना प्रदान गराइदिनुहुन म यसै वक्तब्यमार्फत सार्वजानिक अनुरोध गर्दछौ ।  एउटा संस्थाको असल बाटो नियम, अनुशासन र संस्थाप्रतिको लगावले तय भएको हुन्छ । यो निश्चित बाटोमा ईमान्दारिता र समर्पण मात्र हिड्दछ, न कि ब्यक्तिगत आक्षेप, दुराशय र बेईमानी । समर्पण र ज़िम्मेवारीताको सवाललाई ह्रृदयमंगम गर्दै साधारण सभाले प्रत्याभुती गरेको अधिकार, एनआरएनए अमेरिकाको आफ्नो बिधानभन्दा बाहिर गएर सार्वाजानिक भएको ‘गोपनियताको ब्यक्तिगत विवरण’ को छानवीनको प्रारम्भिक प्रकृया शुरु भईसकेको र यथाशाक्य सार्वाजानिक गरिने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।

पुनश्चस् ब्यक्तिगत विवरणको गोपनियता चुहावटको अनुसन्धानका लागि प्राविधिक एवम कानुनी परामर्श शुरुवात भईसकेको जानकारी गराउंदछु तथा गोपनियताका सुचना चुहावट गर्नेहरुमाथी अमेरिकी कानुन अनुसार सबै प्रकारका कारवाही हुने स्पष्ट पार्न चाहन्छु । दोषीलाई कानुनी कठाघारामा उभ्याउन यहाँहरुले प्राप्त गर्नुभएका सुचना लगायत दोषीमाथी कारवाहीका लागी यहाँहरुका सबै प्रकारका सहयोगको हार्दिक अपेक्षा गर्दछु ।

धन्यवाद   जय एनआरएनए  –  डा केशव पौडेल  अध्यक्ष   एनआरएनए एनसिसी अमेरिका ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका…
  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…