बोइङ ७३७ म्याक्स: समस्याग्रस्त विमानको सफ्टवेअर अद्यावधिक गर्ने काम सकियो

प्रकाशित मिति:

अमेरीका । अमेरिकी विमान निर्माता कम्पनी बोइङले इन्डोनेशिया र इथियोपियामा घातक दुर्घटनामा परेको ७३७ म्याक्स मोडलका विमानको कम्प्युटर सफ्टवेअर अद्यावधिक गर्ने काम पूरा गरेको घोषणा गरेको छ।

इथियोपियामा दुर्घटना भएपछि म्याक्स ढाँचाका विमानलाई उडान गर्न संसारभरि रोक लगाइएको छ। अब म्याक्स विमानको नियन्त्रण प्रणालीलाई अमेरिकी उड्डयन निकाय एफएए र अन्य अन्तर्राष्ट्रिय उड्डयन नियमनकारी संस्थाहरूले स्वीकृत गर्नुपर्नेछ।  उड्डयन अधिकारीहरू अहिले गरिएको परिवर्तनबाट सन्तुष्ट भएमा महिनाको अन्त्यतिर प्रमाणपत्रका लागि परीक्षण उडानहरू हुनेछन्।त्यसपछि विमानचालकहरूले पनि नयाँ प्रणालीबारे थप तालिम लिनु पर्ने अपेक्षा गरिएको छ।

गत मार्च महिनामा इथियोपियामा भएको दुर्घटनामा १५७ जनाको मृत्यु भएको थियो। मृतकमध्ये नेपालकी एकता अधिकारी पनि थिइन्। लायन एअरको स्वामित्वमा रहेको सोही मोडलको विमान गत अक्टोबरमा इन्डोनेशियमा दुर्घटनामा पर्दा १८९ जनाको मृत्यु भएको थियो। बोइङ ७३७ म्याक्सका दुवै विमानको ुमनूभरिङ क्यारिक्टरिस्टिक अग्मेन्टेशन सिस्टमु नामक विमान चलाउने विधि तथा ठाडो कोणमा उड्न नदिन प्रयोग हुने विशेष प्रणालीमा समस्या देखिएको थियो। बोइङका अनुसार उसले त्यो सुविधालाई अनिवार्य बनाउन चाहे पनि त्यसो हुन नसकेको स्वीकार गरेको छ। उसका अनुसार त्यसलाई म्याक्स किन्ने वायुसेवाहरूले आवश्यक पर्दा मात्रै किन्ने सुविधाको रूपमा लिएको बोइङलाई पछि मात्र थाहा हुन गयो।

बोइङले पछिल्लो दुर्घटनापछि नयाँ सफ्टवेअर निकालेर त्यो समस्या समाधान गर्ने उद्देश्य लिएको बताएको थियो। बोइङले सफ्टवेअरको समस्याका कारण ूविमानको सुरक्षा वा सञ्चालनमा कुनै समस्या नहुनेूमा जोड दिएको थियो। तर अमेरिकी सङ्घीय उड्डयन निकाय एफएएले त्यो समस्याले ठूलो क्षति नगर्नेू बताउँदै बोइङले त्यसबारे अन्योल हटाउन पहिले नै आवश्यक कदमहरू चाल्न सक्नेू ठाउँ रहेको बताएको छ।

बोइङका अनुसार दुर्घटना भएका दुवै म्याक्स जेटको एओएस एङ्गल अफ अट्याक डिस्अग्री सूचनामा गडबडी भएपछि तिनको उड्दाउड्दै अचानक रोकिने अवस्था एन्टिस्टल बाट मुक्ति दिलाउने प्रणाली प्रभावित हुन पुगेको थियो। त्यसयता त्यो प्रणालीमाथि निरन्तर निगरानी हुने क्रम जारी छ।bbc bata sabhar